मार्ग दर्शन ↓
श्रृष्टि सिद्ध धर्मको संसारमा अथवा पृथ्वी लोकमा परमात्मा भगवानको अनुपम कृपाबाट पुण्यवान आत्माहरूले मात्र मनुष्य जीवन प्राप्त गर्न सफलता पाएका हुन्छन् । यो सुन्दर जीवन संगसंगै प्राप्त सुखदु:खको यात्रामा प्रत्येक मानव आत्माले धर्म–कर्मभूमि फलको मैदानमा हार वा जितको सङ्घर्षमय खेल खेल्न बाध्य हुनैपर्छ । सिमित समयावधि प्राप्त जीवनधारी मनुष्य आत्माका लागी यो जन्म एक महाचुनौतिपूर्ण अवस्था हो, जसमा कि वार कि पार हुनैपर्छ । भौगोलिक भू–बनावट, समय स्थान, जातीय कुल र समाजमा शदियौं देखि चल्दै आएको रीतिथिति भाषाभाषी, धर्म, संस्कृति, भेषभूषा, रीतिरिवाज, सामाजिक परम्परा आदिको आधारमा कुनै पनि मनुष्यले आफ्नो खास पहिचान प्राप्त गर्दछ । अतः धार्मिक तथा सामाजिक यी मूल्य मान्यताले व्यक्ति, समाज र राष्ट्र हुँदै विश्वमा सकारात्मक या नकारात्मक प्रभाव पर्न जानु स्वाभाविक हुने गर्दछ । बिभिन्नताले सजिएको यस संसारमा कतिपय यस्ता अनौठा र बिचित्र खाले संस्कारहरू वर्तमान मानव समाजमा विद्यमान रहदै आइरहेको छ ।
यसरी एक पछि अर्को व्यक्ति, परिवार, समाज र राष्ट्र हुँदै विश्वमा ब्यक्तिगत वा सामुहिक रूपमा कर्मका यी स्रोतहरू रूपान्तरण हुँदै जाँदा, हालको परिस्थितिमा पनि यसको भरपुर जगेर्ना अथवा संमरक्षण भएको देखिन्छ । यी घटनाक्रमहरूले पार्दै गरेको प्रभावको आधारमा परिवार, समाज, समुदाय, राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा उक्त कर्मप्रतिको मजबुत आस्था, सम्मान विश्वास, इज्जत र मान मर्यादाको अनुभूति प्राप्त हुन गइ यस प्रति उसको आफ्नो व्यक्तिगत जिम्मेवार बोध गर्न र यसलाई जिवन्त गराइ अन्यमा लागु गराउन सफल भएको देखिन्छ ।
यहि रूपले संसारमा प्रत्येक मानव कुनै न कुनै आफ्नो पहिचान बोकेर कयौं प्रकारको कर्म गरी नै रहेका हुन्छ । हजारौँ प्रकारको कर्मले भरिएको यस पृथ्वी लोकमा पुण्यवान आत्माले कुनै एक मनुष्य परिवारमा आएर जन्मसिद्ध हुने सौभाग्य प्राप्त गर्दछ । र, त्यही उसले पाएको कर्म फलको आधारमा जीवनको यात्रा शुभारम्भ हुने र जन्म पश्चात अन्त (मृत्यु) पनि सुनिश्चित हुने गर्दछ ।
तर समयको परिवर्तन संगै दिन प्रति दिन भौतिक स्रोत र साधनको विकाश, आर्थिक, राजनीतिक, शैक्षिक, व्यापारिक, विज्ञान वा प्राविधिक र मनोरञ्जनात्मक जस्ता क्षेत्रमा देखिएका भिमकाय परिवर्तनले क्रमशः आध्यात्मिक वा धार्मिक क्षेत्रमा मात्र नभएर तिनै सामाजिक मूल्य र मान्यता पाएका संस्कार तथा प्रथाहरूमा प्रत्येक्ष या अप्रत्येक्ष रूपमा प्रतिकूल असर वा प्रभाव पर्ने गर्दछ जुन कुनै नौलो विषय रहेन/होइन ।
मानव स्वभावैले स्वतन्त्र चाहने एक प्राणी भएकोले गर्दा पनि होला, हाल समाजमा एक थरी समूह आफ्नो धर्म, संस्कृति, परम्परा जस्ता विषयतत्व परिवर्तन गरिरहेको पाइन्छ । र शदियौँ देखि चल्दै आएको उक्त बन्धनबाट उन्मुक्ति पाएको महसुस गर्न पुग्छ । र, उनीहरु आफ्नो तरिकाले स्वतन्त्र बाँच्न चाहन्छन्, भने जहाँ अर्का थरीका समूह पूर्खा देखि चल्दै आएको संस्कार वा परम्पराको बचाउ, संमरक्षण र सम्बर्धन गर्न कठोर भएर लागिपरेको देखिन्छ र त्यहि अनुसार समाजलाई समेत बाध्यताबस डोर्याइरहेका छन् ।
संसारमा मानव यतिसम्म व्यस्त रहन्छ कि, उसले अपनाइ रहेको हरेक क्षेत्रमा कर्म गर्दै जाँदा, दायाँबायाँ सोच्ने समय सम्म पाउन पनि महाकठीन हुन्छ । एकोहोरो बिहान उठे देखि बेलुकी नसुते सम्म मानौँ कि जति गरे पनि सम्पन्न नहुने, जति भए पनि नपुग्ने, यो आत्मा सन्तुष्ट हुनै नसक्ने; झनै ज्यालादारी, नोकरचाकर अथवा (अफिसियल) कर्म कार्य गरी जिन्दगी बिताउनेहरूको लागी अरु बिषय त के आफूले चाहेको, सोचेको जस्तो जीवन बिताउन सम्भव भैरहेको छैन । यसरी सबै मानव कुनै न कुनै लक्ष्य हाँसिल गर्न बिभिन्न क्षेत्रमा सङ्घर्ष गरिरहेका छन् । मात्र दुई हात मुख जोड्न, यसरी कर्मको यस युद्धभूमिमा लड्दा लड्दै बालक, युवा, वृद्ध हुँदै समय बितेको उसले पत्तो नै पाउँदैन ।
त्यसैगरी एकथरी मानव समूह भने राम्रो या नराम्रो जस्तो सुकै कर्म गरिरहेता पनि मात्र संसारिक भोगविलास, धनसम्पत्ति, नाम, यश–आराम, शक्ति पद योग्यता र बहुमत प्राप्त गर्न दिनरात लागी परेका देखिन्छन् । उक्त बिषय तत्वहरू प्राप्त गर्न आफ्नो इच्छानुसार मानवले समाजमा अवलम्बन गर्न सकिने सकारात्मक वा नकारात्मक कर्म मध्ये कुनै एकको आधारमा टेकेर आफ्नो बुद्धि बिबेक, सङ्घर्ष, मेहनत, धैर्यता, अनुशासन, समझदारी जस्ता ब्यबहारिक कर्मद्वारा प्राप्त गरिने सफलता वा असफलता त्यो आ–आफ्नो हातमा रहन्छ ।
यहि क्रममा सफलता हाँसिल गर्नेहरू अंझ बढि पाउने अभिलाषाका साथ अघि बढ्छन् । कोही भने पाउन नसक्दा त्यस प्रति हुन सक्ने अति आसक्तिको कारण पागल झैं बन्छन् र बीचमै भौतारिन बाध्य हुन पुग्छन् । कतिपय आफूले गरेको, भनेको र सोचेको जस्तो पूरा नहुँदा जीवन देखि लाचार हुँदै, हार मानेर गहिरो चिन्तामा डुब्ने, तनाव उत्पन्न गराउने जस्ता गलत कर्महरू गर्न पुग्छन् । फलस्वरूप आत्मा हत्या र आत्मा लिने सम्मका कार्य गर्न पछि पर्दैनन् । धेरैजसो कुलत, कुसंगत र मानसिक आघात पुर्याउने जस्ता कर्म गरी जीवनलाई बरबाद बनाउँछन् ।
तर अन्ततः जो जसले जहाँ जे जस्तो कर्म गरेता पनि अन्तमा संसारबाट पाउने सबैको लागी बराबर नै हो । त्यो हो आफूसंग भएको सबै कुरा छाडेर एक दिन देहत्याग गरेर खाली हात जानु पर्ने हुन्छ । शरीरबाट छुटेको आत्माले पुण्य र पाप बाहेक अरु के नै लान सक्छ र ? यत्तिका लागी मात्र जीवनमा यत्रो सङ्घर्ष गर्नु परेको हुन्छ ।
अतः संसारका यी सबै कर्म मध्य सर्वश्रेष्ट कर्मः– मात्र धर्म मार्ग दर्शन पालना गर्नु हो , जुन सत्य कुरा उद्धघोस गर्दा कुनै गलत हुनेछैन । धर्म छ त त्यहाँ परमात्मा भगवान छ, गुरु छ, सृष्टि छ, धर्ति छ, घाम छ, जून छ, आत्मा छ र जीवन सम्भव छ । अनि मात्र मानवका सबै कर्मसिद्ध हुन सम्भव हुन्छ । जहाँ धर्म रहन्न, त्यहाँ केही रहन्न । यो सत्य छ । किन की धर्मद्वारा नै सर्वतत्व उत्पन्न भएको हुन्छ । धर्ममा कुनै आत्माले चाहेको सर्वतत्व प्राप्त गर्न सम्भव छ । चाहे राम्रो गरोस वा नराम्रो, मुक्ति र मोक्ष प्राप्त गरोस वा दुर्गती/नरक प्राप्त गरोस, यसको निर्णायक कर्म गर्ने अधिकार मात्र स्वयम् उक्त आत्मामा निहित रहन्छ ।
सबैलाई ज्ञातै छ; मानव मात्र एक प्राणी हो जो संग अद्भूत क्षमता र बुद्धि विवेकले युक्त मस्तिष्क छ । जहाँ अर्को दोस्रो कुनै त्यस्तो प्राणी भेटिदैन जो मानवको बराबरी गर्नसक्ने मस्तिष्क पाएको होस । एक पटक बिचार गरौं, यदि मानव भन्ने प्राणी नै नहुने हो भने यहाँनिर संसारको औचित्य वा महत्व नरहने स्पष्ट हुन्छ । यहाँ मानवको अस्तित्व रहनाले नै संसारको श्रृष्टि सम्भव हुन गएको देखिन्छ । बास्तवमा यो नै परम सत्य छ । यहि मानव आत्माको उद्धारको लागी अति जटिल र परिस्कृत लोकको उत्पत्ति गराउन सम्भव भएको हो । यसरी हेर्दा प्रत्येक मानव आत्मा कति पुण्यवान र महत्वपूर्ण रहेको छ भन्ने कुरा यस अभूतपूर्व संसार सृष्टिबाट पुष्टि हुन्छ । यो कार्य कुनै साधारण बिषय होइन जुन सपना र कल्पनामा भइ रहको होस, यो त यथार्थ घट्नाक्रममा आधारित रहेको स्पष्ट नै छ ।
सबै आत्माको एउटै मात्र ईच्छा आकांक्ष भनेको स्वर्गीय परम सुख, शान्ति, आनन्द र सम्भव भएसम्म सर्वज्ञानले युक्त (मोक्ष) प्राप्त गर्नु हो । तर वर्तमान यो संसारमा के कति आत्माले यी रहस्यमय अद्भूत परम सत्यतत्वले सम्पन्न स्थान प्राप्त गरिरहेको छ वा छैन भन्ने प्रश्न प्रत्येक मानव आत्मामा उत्पन्न हुन अति जरुरी छ । यसको लागी सचेत भएर आफूले अनुसरण गरिरहेको गुरु, धर्म र मार्ग दर्शनले मोक्ष प्रदान गर्छ कि गर्दैन (?) भन्ने विषय पनि त्यत्तिकै महत्वपूर्ण हुन आउँछ । यसरी हेर्दा अमूल्य जीवन रूपी आत्माको लक्ष्य महान रहेको सुस्पष्ट छ ।
बुझाइमा भएको कमिकमजोरीले गर्दा पनि होला, सबैमा आत्माको बास्तविक उद्धेश्य बोध नभएको हुन सक्छ । तर जो जसले जसरी बुझे पनि प्रत्येक मानव आत्माको लक्ष्य भने एउटै रहेको देखिन्छ । त्यसकारण उक्त लक्ष्य प्राप्त गर्न अपनाइने धर्म मार्ग दर्शन एउटै वा एक समान हुनु अनिवार्य छ कि छैन ? र यो आवश्यक रहन्छ कि रहदैन ? यो विषयलाई प्रमुखताका साथ लिएर (बोधि मार्ग दर्शन मैत्री धर्म)को प्रतिपादक वा सृष्टि कर्ता (सर्वज्ञ परम् पुजनीय महा सम्बोधि धर्म संघ) गुरुज्यूले समस्त मानव आत्मालाई एक समान (बोधि मार्ग दर्शन मैत्री धर्ममा) समेट्दै युगौं देखि विस्थापित रहेको उक्त दुर्लभ अवसरलाई पुनः प्रदान गर्नमा लागिपर्नु भएको छ ।
दृश्य तथा अदृश्य श्रृष्टिको सर्वतत्वको अस्तित्वको केन्द्र मात्र धर्म हो । र धर्मको एउटै उद्वेश्य सम्पूर्ण आत्माको उद्धार साथै मुक्ति र मोक्ष प्रदान गराउनु हो । यसैको लागी यो सारा तत्वको समष्टिगत सृष्टि वा उत्पन्न हुन सम्भव भएको हो । यो रहस्यमयी अद्भूत उपलब्धिको लागी नै परमात्मा भगवानले यो सर्वतत्वको रचना गर्नु भयो । यदि यी महान कार्यको लागी नभएर अन्य प्रयोजनको लागी थियो भने पक्कै पनि कदाचित महादुःख र परिश्रमद्वारा भगवानले संसारको श्रृष्टि गर्नु, र समय अनुकूल महान गुरुहरूको यस धरामा आवागमन भइ रहनु, किन र केको लागी आवश्यक रहन्थ्यो होला र ? धर्मको बिस्तार, धर्म कर्म गर्न र गराउनको लागी उहाँहरूले महाकठीन सङ्घर्ष किन र केको लागी गर्नु आवश्यक पर्रथ्यो होला र ?
यी महान विशेषतालाई बुझ्न नसकेर वा नचाहेर अनायासै मानव आत्मा तत्वहीन बिषयवस्तु तर्फ अधिक आकर्षित भइ रहेको हुन्छ । यसै बीचमा आफूले अपनाइ रहेको कुनै पनि धर्म र प्रचलनमा रहदै आएको संस्कार, रीतिरिवाज, प्रथा आदिलाई नै सर्वेसर्वा भएको विश्वास गरिरहेको पाइन्छ । हुन त त्यो स्वभाविक पनि हो । किन कि आफूले अनुसरण गरेको, प्रयोग गरेको, बोलेको, सुनेको, देखेको हरेक बिषय तत्व सबैभन्दा राम्रो र उत्कृष्ट लाग्ने मानव जातिको एक स्वभाव नै हो ।
तर सही खोज र अनुसन्धानमा न्यून रूपमा सचेत रहँदा, संसारमा रहेका कयौं धर्म, संस्कृति, रीतिरिवाज, विधिविधान, कुल, प्रथा आदिलाई अपनाएर जाँदा आत्माले उद्धार पाइरहेको छ कि छैन ? र त्यसैगरी आफूबाट सही सत्य धर्म मार्ग दर्शनको अनुसरण भइरहेको छ वा छैन भन्ने बिषयमा पनि अन्योलता कायमै रहेकोले प्रभावकारी ध्यान अध्ययन र खोज संसारमा अल्पसङ्ख्यकमा बाहेक बहुसङ्ख्यकमा हुन सकिरहेको छैन । अहिलेको परिस्थितिमा यिनै अन्योलता अथवा भ्रमले मानव समाजमा मजबुत जरा गाडीसकेको अवस्था छ । फलस्वरूप धर्मको नाममा, धर्म प्रतिको आस्था विश्वासको विखण्डन, समाज विखण्डन, जातित्व बिखण्डन, असमझदारी, अहमता, बहुमत वा शक्ति प्रदर्शन, भेदभाव, तेरो र मेरो भन्ने भावनाको कारण एक आपसमा वादविवाद र द्वन्द्ध उत्पन्न गराएको छ ।
बुढेसकाल फेरि बाल्य अवस्थामा फर्किन सक्दैन । सुकेको रुखमा हरियो पात पलाउन सक्दैन । यसरी नै समयको परिवर्तनसंगै आत्मिय विश्वास, आस्था, मूल्य र मान्यता बोकेको धर्म संस्कार, रीतिरिवाज, कुल प्रथा जस्ता विषयहरूमा देखिएका सकारात्मक वा नकारात्मक परिवर्तनको कारण सत्धर्म तत्व जीर्ण हुँदै गइरहेको अवस्था छ । यसबाट के संकेत हुन्छ भने, आज संसारमा महा सुख, शान्ति, संरक्षण, उन्नत्ति, एकता, समझदारी जस्ता सर्व मैत्री भावका रूपहरू जतातत्तै व्याप्त देखिनु पर्ने हो । तर मानव जगतमा ठिक विपरित महा अशान्ति, बिभाजित, अब्यस्थित, कलह, द्वन्द्ध, दमन, अत्याचार, हिंसा, भेदभाव र भ्रष्टचार दिन प्रतिदिन बढ्दो स्थितिमा छ । यत्रो समय युग बितिसक्दा पनि कहि कतैबाट शान्तिको मूलद्वार खुल्न सकिरहेको छैन । त्यसकारण अब संसारले यी सबै समस्याबाट उन्मुक्ति पाउन सत्धर्म मार्ग दर्शनको बिकल्प खोजिरहेको स्पष्ट हुन्छ । यो भन्दा अर्को उपाय रहेको छैन ।
मनुष्यले आफ्नो भागमा जति पाएको र पाउने वाला छ त्यसलाई बल, बुद्धि विवेक, मेहनत र परिश्रमद्वारा इमानदारीका साथ प्राप्त गर्नु कुनै गलत बिषय होइन । जति सक्छ त्यत्ति प्राप्त गर्नु मानव कर्मको स्वतन्त्र हक र अधिकार हो । तर आफ्नो वास्तबिकता यथार्थ पहिचान, उद्धेश्य र भूमिका जस्ता महत्वपूर्ण बिषयलाई नै भूलेर यसैमा लिप्त भएर संसार रूपि बेहोसीको नशामा डुब्नु चाहिँ महा गलत भन्न खोजिएको मात्र हो ।
संसारमा भौतिक बिषय वस्तु पाउने आशामा मात्रै कर्म नगर, जहाँ अन्तमा आत्माले दुःख र पिडा सिवाय अरु केही पाउन सक्ने छैन । भित्री आत्मादेखि केही समय भए पनि जीवनभर गुरु प्रार्थना र धर्म मार्गको अभ्यासमा समय निकाल, जहाँ अवस्य परमात्माको कृपा, आशिर्वाद र मोक्षको अद्भूत रहस्य उपलब्ध हुने छ ।
संसाररूपि वृक्षमा फुलेका मनुवाहरू सबैले धर्म कर्म फलको अन्तिम स्वरूप प्राप्त गर्न महा कठीन छ । जसरी कुनै एक वृक्षमा फूलेका फुलहरूमा पनि केहिले मात्र फलको स्वरूप प्राप्त गर्दछन्, हो त्यस्तै । तर उक्त वृक्षमा फूलेका सबै फूलहरूले फलको रूप प्राप्त गर्न नसक्नुका कारणहरू छन् ।
एक त फल लाग्न नपाउदै किराको सिकार हुन पुग्दछन, अर्को हुरीबतास र घामपानीको असरले फलको स्वरूप प्राप्त गर्नु अगावै झरेर नष्ट हुन पुग्दछन र अर्को थरीको फूलमा भने फलको रूप प्राप्त गर्न सक्ने गुण वा बिशेषता नै नहुँदा हुन्छ ।
तर संसार रूपि वृक्षमा रहेका मनुष्यमा भने धर्म प्राप्त गर्न नसक्नुका कारणहरू नितान्त भिन्न छन् । एक त भ्रष्ट तथा दुष्ट आत्माहरूको वशमा परी, त्यसैलाई मान्न पुग्दा, अर्को लोभ, अहङ्कार, क्रोध, स्वार्थ, आदिको वशमा पर्दा, धर्म कर्मको बाटो बिराउन पुग्दा, आफ्नो स्वार्थ पूर्ति गर्न ज्ञानको दुरुपयोग हुने तन्त्रमन्त्र गरी प्रेत आत्मा खेल्ने र समाजमा कुलको स्थापना गरेर भोग चढाउने जस्ता अन्धविश्वास कर्म गर्न पुग्दा, धर्मको नाममा देखावटी र झुटो बिचार सम्प्रेषण गर्दै भ्रम फैल्याउनेहरूको वशमा पर्न पुग्दा ; धर्म गुरुको रूप प्राप्त गरी आफूले बोध नगरेको, नदेखेको अलौकिक बिषय तत्वहरूको अनुमान र कल्पनाको भरमा शब्द जालको व्याख्या र विश्लेषण गर्दैमा, त्यसैलाई विश्वास गरी भुल्न पुग्दा; क्षणिक मनोरञ्जनका बिषय बस्तुहरूमा मात्र भुलेर जीवन बिताउन पुग्दा र परमात्मा धर्मको सत्तालाई विश्वास नगरेर भौतिक बिषय बस्तु र बिज्ञानको क्षेत्रलाई सर्वश्रेष्ठ ठान्न पुग्दा, वास्तबमा मानव आत्माले सदाको लागी उद्धार वा मोक्ष प्राप्त गर्न सकिरहेको छैन ।
अतः धर्ममय उच्च सोच बिचारमा परिवर्तन हुन आवश्यक छ । खाली सिमित र सङ्कुचित बिचारधारा मात्र होइन । आकाश समान फराकिलो आत्मा लिएर समस्त आत्मा र संसारको हितमा उद्धार भाव उत्पन्न गराउनु आवश्यक छ । महान साधुसन्त, महाजन, दार्शनिक, बुद्धिजीवी जस्ता संसारमा जिम्मेवार बोध गरेकाहरूबाट पनि सिमित आ–आफ्नो जातिय, समाज, वंशज अथवा कुल, राष्ट्रिय, क्षेत्र, समूह वा बहुमत, धार्मिक सम्प्रदाय, संस्कार बिशेषलाई मात्र महत्व दिएर बिगत लामो समय देखि मानव जातिमा अभ्यास गराउदै लगियो । यसको परिणामतः आजको दिनमा यसका प्रतिफलहरू प्रष्ट देखिएको छ । ब्यक्ति, गाउँघर, समाज, शहर, राष्ट्र हुँदै विश्वमा, बिभिन्न बिषयहमा बिबाद, भेदभाव, सत्रुता, असन्तुष्ट, बिकृति, रीस, अहमता, आतङ्क, काटमार बढ्दो छ । मूलतः सबै आत्मालाई एकिकृत बनाएर डोर्याउने कार्य हुन सकिरहेको छैन ।
परमात्मा धर्मलाई बुझ्न र बुझाउनमा भएको कमिको कारणले गर्दा पनि होला, एउटा सिमित बिषय क्षेत्रसंग दाँजेर हेर्ने प्रवृत्तिको बिकास हुन गएको छ । जहाँ भौतिक बिज्ञान, सामाजिक मूल्य र मान्यता आदि पर्दछन् । परिणामतः परमात्मा सत्धर्म तत्वको अस्तित्व धरापमा पर्नुको साथै यसको महत्व माथि प्रहार भइरहेको छ । केही पनि होइन रहेछ, उस्तै त हो नी के चाहीँ फरक छ र ? के उपलब्धी छ र ? के चाहीँ फाइदा हुने हो र ? भन्ने भाव तत्वको बिकास जनमानसमा हुँदा, अविश्वास बढेर भ्रममय संसार सृजना हुँदै गइ रहेको स्थिति छ । यसरी परमात्मा धर्म प्रतिको अपार विश्वासपूर्ण श्रद्धा, भक्ति, आस्था र भरभरोसा माथिको अपमान बढ्दो क्रममा छ ।
आजको सिङ्गो विश्व समाज के कति नाजुक र बिषम परिस्थितिबाट गुज्रदै छ भन्ने बिषय छर्लङ्ग सबैले देखिरहेकै छौं । यहाँ बानी परिसकेको छ, राम्रो गर्ने वा गराउन चाहानेलाई बेवास्ता गर्ने, अवहेलना गर्ने, खुट्टा तान्ने, हस्तक्षेप गर्ने, बिरोध गर्ने जस्ता दुब्र्यबहार हुने गर्दछ । यसरी सकारात्मक भन्दा बढि बिपरितका कर्मकार्य समाजमा बढ्दो छ । सबैको उद्धार, भलो चाहने, गाउँ समाज र देश देखि लिएर विश्वको विकाश चाहने, शान्ति चाहने, सबै आत्माको एकसमान मुक्ति र मोक्ष चाहने, सदा दोस्रोको हितमा कार्य गर्ने, प्राणीलाई दुःख नदिने, मानवीय ब्यबहारिकतामा उत्कृष्ट परिवर्तन गराउन खोज्ने, सत्धर्मका सिद्धान्त अपनाउन मानव जगतलाई प्रेरणा प्रदान गर्ने धर्म गुरुलाई ती सङ्कटमा रहेका ब्यक्तिहरूको लागी उद्धारको कर्म गर्न र गराउन गाह्रो भइ रहको अवस्था विद्यमान छ । आज यही रूपले पछि आउने सन्तानहरूलाई वास्तबिक धर्मको मार्ग दर्शनबाट टाढा बनाउँदै र अभ्यास गराउँदै, विनाशको दिशा तर्फ डोर्याइ रहेको स्थिति छ ।
संसारमा देखिएका कयौं धर्म सम्प्रदायहरू आफैमा पनि बिबाद मुक्त हुन सकिरहेका छैनन् भने अरु बिषयको त सवाल नै उठ्दैन ; भनि नसक्नु बिबादहरू विद्यमान छन् । जहाँ गरिबी, शिक्षा, स्वास्थ्य, राजनीतिक, सामाजिक, देश, सिमाना, जातित्व, वर्ग, लिङ्ग, पद, शक्ति, भौतिक बिज्ञानको क्षेत्र, उद्यमी जस्ता क्षेत्रहरूमा केही न केही बिबादहरू भइनै रहेका छन । यो स्वभाविक पनि हो । तर कतिपय बिबादित बिषयहरूले एक अर्कामा असन्तुष्ट, फलस्वरूप झगडा, द्वन्द्व, युद्ध, असमझदारी, शत्रुता, थिचोमिचो, भेदभाव, लडाईं निम्त्याउँछ । अन्ततः यसको परिणाम भनेको मानव इतिहासको क्षति, श्रृष्टिको बिनाश मूलतः परमात्मा धर्मको बिस्तापित र आत्मा लोप गराउनु हो ।
त्यसपछि न पहिलोले भनेको दोस्रोले बुझ्न खोज्छ, न दोस्रोले भनेको तेस्रो वा अन्य कसैले नै बुझ्ने प्रयास गर्छ । कसैले कसैलाई नपत्याउने, नटेर्ने, त्यसमाथि झन् शक्ति, बहुमत र पदको दुरुपयोग गरी सोझासोझी, गरिबी दिनदुःखी जस्ता कयौं क्षेत्रमा पिछडीएका जनसमुदाय माथि थिचोमिचो, जसको शक्ति उसकै भक्ति भने झैं दमन गर्ने, अत्याचार गर्ने जस्ता कार्यले बिगत ऐतिहासिक बिनाशका घट्नाक्रम फेरि नदोहोरेला भन्न सकिदैन । संसार यही दिशा तर्फ अघि बढिरहेको छ । मानवले आफ्नै सन्तान लोप गराउने मार्ग दर्शन अपनाइ रहेको छ ।
परमात्मा धर्म तत्वको स्थान कुनै धर्म गुरु, साधु सन्त, तपस्वी मुनि, धर्मात्माहरूमा मात्र हुन्छ भन्ने छैन । जो कोही व्यक्ति धर्म बोध वा ज्ञान नभएता पनि सर्व मैत्री भाव पूर्ण बिशाल आत्मा भएको पुण्य बलले गर्दा, कुनै एउटा गरिब दिनदुखी, महाजन धनवान ब्यक्ति, असक्त, बिद्वान, विश्व प्रसिद्ध ब्यक्ति, राजनेता, दार्शनिक, दिनदुःखि, दासी, बालक, बृद्ध, समलिङ्गी, किसान, ब्यापारी, डाक्टर, युवा, बैज्ञानिक, दलित, मगन्ते, पिछडीएका आदिवासी, सुकुम्वासी जुन सुकै ब्यक्तिहरूमा पनि परमात्मा कृपा र भर भरोसा रहन्छ । परमात्माबाट विनाभेदभाव सबैलाई एकसमानले समेटिएको हुन्छ ।
जस्तो सुकै होस, राम्रो वा नराम्रो भन्ने कुनै भेदभाव छैन । निष्पक्षता पूर्ण धार्मिक वा अधार्मिक, ज्ञानी वा अज्ञानी, धनी वा गरिबी, दोषी या निर्दोषी, उच्चवर्ग वा निम्नवर्ग, नारी वा पुरुष, कालो वा गोरो सबैप्रति परमात्माको धर्मदृष्टि एक समान रहन्छ । कसैलाई पृथक गरिएको हुँदैन । तर तिनै आत्माहरूमा हुनसक्ने सर्व मैत्री भाव वा सिमित स्वार्थ भाव, धर्म प्रतिको अपार आदर सम्मान वा अपमान, विश्वासपूर्ण श्रद्धा, भक्ति, आस्था वा अविश्वास, यी भाव तत्वको आधारमा परमात्मा र आत्मा बीचको घनिष्ठ सम्बन्ध निर्धारण हुने गर्दछ । श्रृष्टि सिद्ध संसारको संमरक्षण र सर्वआत्मा प्रतिको उद्धार भाव, समझदारी, मेलमिलाप, भेदभाव रहित सबै प्रति उच्च सम्मान भाव भएका कुनै पनि व्यक्तिहरूमा अनिवार्य परमात्मा धर्म ग्रहण गर्न सक्ने क्षमता मजबुत रहन्छ ।
धर्मको महान गुरु भएर के गर्ने, संसारको सबैभन्दा धनवान भएर के गर्ने, संसारको ख्याति प्राप्त दार्शनिक, बैज्ञानिक, कलाकार, खेलाडी भएर पनि के गर्ने, विश्वको शक्तिशाली भएर के गर्ने, जीवन भर त्याग, ध्यान, तपस्या गरेको भए पनि के गर्ने, धर्मको बिषयमा बिद्धान, प्रवचन मात्र दिने भएर के गर्ने, सामाजिक सेवा जस्ता परोपकारी दया, माया, प्रेम गर्ने भएर पनि के गर्ने, यदि परमात्मा भगवान, गुरु धर्म र सबै प्राणी प्रतिको सर्व मैत्री भावना, सुद्ध आहार, विशुद्ध मार्ग दर्शनको पालना नभएसम्म धर्ममा पूर्णता प्राप्त गर्न सकिदैन । त्यसकारण एउटा सामान्य सर्व साधारण दिनदुःखि नोकर वा दास नै किन नहोस, यदि यी भाव गुण तत्वहरू रहन्छ भने उक्त आत्मा महा पुण्यवान, पवित्र भएकोले सदा भगवानको कृपा र आशिर्वाद त्यस आत्माप्रति अटुट बर्सिरहन्छ ।
संसारमा देखिएका यिनै राम्रा र नराम्रा, सही र गलत नीति नियम र विधिविधानलाई अवलोकन गरी समय सापेक्षता यसको सुधार र उद्धारमा परमात्मा सत्धर्म मार्ग दर्शनलाई पुनरुत्थान गर्न संसारमा महान सत्धर्म गुरुहरूको आवागमन भएको इतिहास साक्षी छ । यसै क्रममा संसारमा भइरहेको वर्तमान यिनै गतिविधिलाई पुनरावलोकन गरी, बिकृति, बिसङ्गति, कुरीति, अन्धविश्वास जस्ता बिषयवस्तुबाट मानव आत्माको उद्धार गरी, मैत्री धर्म मार्ग दर्शनद्वारा सही दिशा तर्फ उन्मुक्त गर्न र गराउन बास्तबमै उहाँ धर्म संघ गुरुज्यूको यस पृथ्वी लोकमा अवतरण भएको हो ।
जीवनमा मानवले विश्वासको आधारमा बिबिद उद्वेश्य लिएर कर्म गरिरहेका हुन्छन् । चाहे सानो होस वा ठूलो यसरी त्यो लक्ष्य प्राप्त गर्न कति सङ्घर्ष, मेहनत, इमानदारी, समझदारी, लगाव बुद्धि बिबेकको आवश्यकता पर्दछ । कति चासो र फुर्तिको साथ त्यसलाई प्राप्त गर्न लागिपरेको हुन्छ । त्यो प्राय सबैमा देखिएको यथार्थ घट्नाक्रम हो ।
जस्तै यहाँनिर एउटा डाक्टरको इच्छा आकांक्ष मानवको सेवा गरी उत्कृष्ट डाक्टर बन्ने, एउटा बिद्वान नयाँ बिषयवस्तुको खोजद्वारा मानव कल्याण हेतु राम्रो कार्य गरी प्रख्यात बैज्ञानिक बन्ने, एउटा राजनेता कुशल नेतृत्व कर्ता, निडर र शक्तिशाली नेता बन्ने, एउटा कलाकार उत्कृष्ट मनोरञ्जन प्रदान गरी नाम कमाउने, एउटा खेलाडी उत्कृष्ट खेलाडी बन्ने, एउटा व्यापारी अधिक धन कमाउने, यस्ता अनगिन्ती लक्ष्य र उद्वेश्यका साथ अघि बढेका हुन्छन् । यसरी आफ्नो कार्य क्षेत्रमा सफलता प्राप्त गर्न सबैको चाहान हुनु स्वभाविक बिषय हो । तर यो भन्दा एक दुर्लभ महान, जुन पवित्र सोच र भावना प्रत्येक मानव आत्मामा हुनु पर्ने हो, त्यो सम्पूर्ण मानव आत्माको तुलनामा अति नै न्यून रहेको पाइन्छ । यस परिवेशमा हेर्दा विस्तारै मानव आत्मा परमात्मा तत्वबाट टाढिदै गइरहेको अवस्था छ ।
संसारमा मानव आत्माले बिर्सदै छ । जहाँ परमात्मा भगवानको कृपाले गर्दा, पुण्यवान आत्माले यस धरामा शरीर धारण गरी जन्मसिद्ध हुने अवसर प्राप्त भयो र त मानव जीवनले यिनै कर्महरू प्राप्त गर्न सम्भव भएको हो । अझै यो भन्दा पछाडी फर्केर श्रृष्टिको सुरुवातलाई हेर्दा; जहाँ घाम, हावापानी, बोटबिरुवा, ढुङ्गामाटो, आदि तत्वको उपस्थिति विना जीवन कहाँ सम्भव हुन सक्थ्यो । यी सम्पूर्ण बिषय तत्वको एक समानले पारस्परिक सम्बन्ध रहेकोले जीवन सम्भव भएको छ । यस्ता महत्वपूर्ण बिषय तत्वहरूमा भने मानव आत्माले कमै मात्र चासो अर्थात अन्देखा गरेर लापर्बाह दौडिरहेको देखिन्छ । अमूल्य जीवन पाएको छ । संसारिक कर्महरूलाई मात्र सर्वश्रेष्ट ठानी लागिपर्दा, परमात्मा धर्म मार्ग दर्शन हुँदा हुँदै पनि वास्ता नहुँदा, आत्माले सदाको लागी मोक्ष प्राप्त गर्ने अवसर नै पाउन सकिरहेको छैन र हुँदैन पनि ।
ती अन्य कर्महरू भन्दा केही अलग पहिचान रूपरङ्ग, गुण विषेशता बोकेर, वैराग्य भाव उत्पन्न गराइ त्यागको रूप लिइ धर्मको क्षेत्रमा लागिपरेका पुण्यवान आत्माहरू पनि कयौं छन् । तर कतिपय यसको ठीक विपरित आफ्नो इच्छाले नभइ अरुको करकापमा, दबाबमा, बाध्यतामा, त्यसैगरी स्वार्थ सम्पन्न गर्न र गराउन, धर्म र गुरुको नाममा धन सम्पत्ति, यश आराम प्राप्त गर्न, कुनै त्यत्तिकै मात्र समय बिताउन, यस्ता खाले रूपरङ्ग बोकेर कयौं आत्माहरू धर्मको क्षेत्रमा लागिपरेको पनि हुन सक्छ । जे जसरी लागेता पनि अन्तमा आत्माले आफ्नो कर्म अनुसार राम्रो वा नराम्रो, सफल या असफल, स्वर्ग या नरक, अमरत्व वा विनास, महा सुख वा महा दुःख, सर्व ज्ञानी वा अल्पज्ञानी, परमात्मा वा प्रेतआत्मा प्राप्त गर्ने निश्चित छ ।
संसारमा बाँच्नको लागी बिभिन्न प्रकारको कर्म गर्दै जाँदा मानवको लागी यो कर्मभूमि एक प्रतिस्पर्धाको मैदान जस्तै बन्न पुगेको छ । जहाँ साँच्चि नै भन्नु पर्दा, हरेक क्षेत्रमा एक अर्कामा प्रत्येक्ष वा अप्रत्येक्ष प्रतिस्पर्धा भइ नै रहेको हुन्छ । जस्तो नाम, सम्मान, उच्च स्थान, धन सम्पत्ति, यश आराम प्राप्त गर्ने दौरानमा आफूले जति सक्छ बुद्धि बिबेक लगाएर अघि बढिरहेको हुन्छ । चाहे त्यो बिज्ञान वा प्राविधिक क्षेत्रमा होस या ब्यापारिकमा होस, राजनीतिक क्षेत्रमा होस वा अन्य कुनै पनि कर्मका क्षेत्रमा होस, मात्र एउटै सोच भनेको कसरी हुन्छ सबैभन्दा राम्रो, उच्च र धेरै पाउने आशामा जीवन भर सङ्घर्ष गरेको हुन्छ । एवंम प्रकारले हेर्दा धर्मको क्षेत्र पनि यी बिषय तत्वहरूबाट अलग रहन भने सकेको छैन । यस भित्र पनि केही न केही धर्मको नाममा त्यस्तै रूपहरू देखि नै रहेको पाइन्छ । फलस्वरूप यो त्यो, तेरो मेरो भन्ने स्वार्थमय भावनाको विकाश मजबुत भएको देखिन्छ । यो अवस्था हुनु भनेको परमात्मा धर्मको लोप गराउनु हो ।
अरु कर्मका क्षेत्रमा झैं धर्म कुनै प्रतिस्पर्धाले प्राप्त गरिने तत्व नभएर, मात्र केवल निश्चल, इमानदारीताका साथ सत् मार्ग दर्शन पालना गरेमा मात्र प्राप्त गरिने बिषय तत्व रहेछ । यसको लागी कुनै बिद्वान, राजनीतिज्ञ, धनवान, शक्तिशाली हुन पर्ने आवश्यकता रहन्न । एक सामान्य प्रकारको व्यक्ति नै किन नहोस, यदि सत् धर्म मार्गको पालना, सबैको भलो चाहने र परमात्मा प्रतिको विश्वास, श्रद्धा, भक्ति गर्ने एक धर्मात्मा होस, बस यति नै पर्याप्त छ । तर बुझेर या नबुझेर धर्मलाई पनि सिमित बनाएर राजनीतिकरण, व्यापारीकरण, जातिकरण, सामाजिकीकरण, संस्कृतिकरण, वैज्ञानीकीकरण गर्नु र संकुचित दृष्टिद्वारा व्याख्या विश्लेशण गर्नु चाहिँ अनुचित हो । धर्म आफैंमा एक आकाश, धर्ति र घाम जस्तो सर्वश्रेष्ठ स्थान ओगटेर सर्ब बिषय तत्वको जीम्मेवारी बहन गरेको हुन्छ । जहाँ त्यस्तो कुनै बिषय तत्व छैन जसको बारेमा धर्मले जानकारी नराखेको होस । सर्ब ज्ञानगुणले युक्त रहेको एक मात्र सर्बश्रेष्ट रूप नै धर्म तत्व हो । जहाँ मात्र एक आत्मा, एक भाव, एक उद्धेश्य, एक संसार, एक देश, एक भेष, एक समाज, एक जाति, एक धर्मका रूपहरू लिएर समयअनुसार मार्ग दर्शनलाई अघि बढाइएको हुन्छ ।
त्यसैगरी कतिमय क्षेत्रमा आफ्नो स्वार्थ गुम्ने डर, आफूलाई उच्छिन्नेर अगाडी जाने हो कि भन्ने डर, आफ्नो मान सम्मान, नाम किर्ति गुम्ने डर, यी कार्यहरू धेरथोर हरेक क्षेत्रमा भइ नै रहने बिषयहरू हुन् । यस्ता कारणहरूले गर्दा पनि संसारमा निस्वार्थ भाव बोकेर, सही सत्य कर्म गरेर अघि बढ्नेलाई महा कठीन हुनु स्वभाविक हो । र धर्मको क्षेत्रमा पनि यस्ता गतिविधिबाट कतिपय आत्माहरू सक्रियता पूर्वक लागी परेको अवस्था छ । आफूले सही धर्म कर्म गरी रहेको छ वा छैन भन्ने बिषयमा जानकार हुँदा हुँदै पनि, तिनै स्वार्थ पूर्ण ब्यबहारले गर्दा, सत्यतालाई ढाकछोप गरी ब्यर्थ समय बिताइरहनु परेको अनेक रूपहरू विद्यामान छदैं छ ।
अनि आफू जहाँको त्यहीँ, चाहेर पनि सही दिशा तर्फ परिवर्तन हुन नचाहने, नखोज्ने अथवा नसक्ने । जहाँ जे जस्तो छ, त्यहीँ ठिक लाग्ने, किनकी मानवको यो एक अहमता हो र यसले आफूलाई अन्धो वा मतिभ्रष्ट बनाइ दिन्छ । त्यसपछि सही र गलत छुट्टाउन असमर्थ हुन पुग्छ ।
यति ठूलो रहस्यमय कुराले युक्त वा उपलब्ध रहेको अद्भूत श्रृष्टिको मूलभूत उद्वेश्य सम्पूर्ण पुण्यवान आत्माले मानव शरीरमा जन्मसिद्ध गर्नु र शरीरको मृत्यु पश्चात छाडेर जानुमा मात्रै सिमित नरही परमात्मा धर्मको पहिचान गरी आत्माको उद्धार गर्नु र गराउनुमा रहेको छ । तर विडम्बना यहाँ, यी सत्य तथ्यलाई बोध गर्न नसक्दा, धर्मलाई पनि सानो रूप बनाएर, बिभिन्न सिमित तत्वहरूसंग दाँज्न पुग्यौं । आकाश, धर्ति, घाम र जूनसंग मानव निर्मित बिषयवस्तु तुलना गर्न के सम्भव छ ? जहाँ कि सृष्टिको मूलभूत कारक तत्वलाई नै भौतिक बिज्ञानसंग तुलना गरिएको पाइन्छ । धर्म आफैंमा एक अपरम्पार छ, सर्वव्यापी छ । सृष्टिको सारा रहस्य, परमात्मा र आत्माको अस्तित्वमा आधारित छ । यसरी धर्मको बिज्ञान अनन्त छ ।
सामान्य बिचार गर्न सक्छौं । यति बिशाल क्षेत्र ओगटेको संसारलाई मानव आँखाले अवलोकन गर्न सकिने क्षेत्र बास्तवमा कति नै हुन सक्छ ? यसको सम्पूर्ण क्षेत्रको तुलनामा यो केही पनि होइन । अति नै सानो भन्दा सानो अंशलाई मात्र दृष्टि गोचर गर्न सकिरहेका हुन्छौं । जस्तो की एउटा कमिलाको लागी विशाल पहाड बास्तवमा नै अनन्त ब्रह्माण्ड जतिकै हो र उसले चाहेर पनि त्यो विशाल पहाडको बनावट, क्षेत्रफल, आकार, यसको संमरचना आदिको बारेमा जान्न र बुझ्न असम्भव छ ।
त्यसैगरी मानवीय रूपमा रहेर संसारको यो विशाल संमरचनालाई बुझ्न असम्भव जत्तिकै हो । यसको संमरचना अत्याधिक वा अनन्त रहेकोले मानवीय दृष्टिद्वारा यसको यथार्थ रूपलाई अवलोकन गर्न सक्ने सामाथ्र्य रहँदैन । यसको लागी परमात्मा कृपा दृष्टि प्राप्त गर्नु अनिवार्य रहन्छ ।
त्यसकारण जान अन्जानमा मानवले आफ्नो काल्पनिक र अनुमानित सोच बिचार सम्प्रेषण गरिरहनु, यो विल्कुलै अनुचित र अब्यबहारिक छ । सर्बप्रथम मानवले पालना गर्नुपर्ने धर्मका सामान्य मार्गदर्शनलाई बुझ्न सकिरहेको हुँदैन । झन् कहाँको संसार श्रृष्टिको रहस्यलाई बुझ्न सकिन्छ ? यो कुनै सामान्य र मानवको बसको विषय होइन । यो धर्ममा एक आवश्यकता भन्दा बढि खोज हो । जहाँ सदाको लागी हराउने बाहेक अरु बिकल्प रहन्न । धर्म पालना गर्दै जाँदा बिस्तारै बोध हुँदै जाने बिषयहरू हुन् ।
के मानव आत्माले मोक्ष प्राप्त गर्नको लागी यी बिषय तत्वहरूको बारेमा बुझिरहनु आवश्यक रहन्छ ? परमात्मा धर्मले यो बिलकुलै भनेको छैन । यसको ज्ञान भएर मात्र आत्माले मुक्ति र मोक्ष प्राप्त गर्छ भन्ने होइन । खोज अनुसन्धान गर्नु त्यो आ–आफ्नो ठाउँमा छ । यो स्वभाविक पनि छ । किन की मानवको यो एक जिज्ञासु प्रबृति पनि हो जुन कि कुनै पनि बिषय बस्तुमा जान्न र बुझ्न खोज्नु । उहाँ धर्म संघ गुरुज्यूले अमृतमय बचन गर्नुहुन्छ । (आत्माले मोक्ष प्राप्त गर्नको लागी परमात्मा भगवानको अनुसरण गर्नु, उहाँहरूको कृपा र आशिर्वाद अटुट बनाइ राख्नुमा नै पर्याप्त छ ।) यो भन्दा अरु केही चाहिदैन । परमात्मा भगवानहरूबाट यत्ति बिषय तत्व प्राप्त गर्नको लागी आत्माले यो संसारमा जन्म लिनु परेको हो । अरु केही प्राप्तिको लागी होइन ।
यसअर्थमा प्रत्येक मानव आत्माले परमात्मा धर्म अस्तित्वको विश्वास नगरी रहन सक्दैन । जसले विश्वास गर्न सकेको हुँदैन त्यस आत्माको लागी धर्म संसारको अस्तित्व र महत्व शून्य रहेको हुन्छ । जसले विश्वास गरेर परमात्मा सत्धर्मको अनुसरण गरेमा संसारको महत्व बोध गर्दै, परमात्मा स्थान स्वर्ग प्राप्त गर्ने निश्चित छ । कुनै धर्मआत्मालाई धेरथोर भन्ने नै छैन । सबैलाई बराबर अवसर प्रदान भएको छ ।
बाधक ती अनावश्यक विषयवस्तुको त्याग नगरी कहिले सम्म यो यस्तो उ त्यस्तो, यो भएन त्यो भएन, उसले गरेको राम्रो त्यस्ले गरेको नराम्रो, यो जाति त्यो जाति, यो धर्म त्यो धर्म, यो देश त्यो देश भनेर मात्र बसिरहनु हो । यो त बेकार समय बरबाद बनाइ रहेको मात्र हो । बरु अकाश झैँ फराकिलो आत्मा लिएर, सूर्यको प्रकाश समान निश्वार्थ मैत्री भावपूर्ण एक जातिय मानव परिवार, एक मात्र घर पृथ्वी, एक परमात्मा धर्म मार्ग दर्शन जस्ता उच्च भावदर्शन लिएर अघि बढ्ने प्रयास किन हुन सकेन ? यी विषयहरूमा गम्भिर चिन्तन मननका साथमा, अब यो भन्दा पनि आत्माले के कसरी मोक्ष प्राप्ति गर्न सक्न्छ ? आफूले अपनाउनु पर्ने मार्ग दर्शन के हो ? त्यतापट्टी खोज र अनुशन्धान गर्नमा समय ब्यतित गर्नु महान र फलदायी हुन्छ ।
संसारमा घटित यी समस्त बिषयहरूलाई उच्च ध्यानमा राखी, उहाँ धर्म संघ गुरुज्यूको अमृतमय स्व वचन वा मार्ग दर्शनलाई प्रथम पटक (बोधि मार्ग दर्शन मैत्री धर्ममा) आबद्ध रहेका वा नरहेका सर्व साधारण संघ भक्त अनुयायीहरूको लागी संसारको जुनसुकै भागमा रहेर पनि भौतिक आध्यात्मिक कर्म गर्न सकिने मार्ग दर्शन प्रदान भएको छ ।
मुक्ति र मोक्ष प्राप्त गर्न अनिवार्य कुनै धर्म गुरु र परमात्माको प्रत्येक्ष दर्शन प्राप्त गर्नु पर्छ भन्ने छैन । यदि सच्चा हृदय देखि नै आफ्नो भित्री परमात्मालाई साक्षी मानेर संसारको जुनसुकै स्थानमा रहेर पनि सहि धर्म मार्ग दर्शनलाई पालना गरेमा अवश्य, आत्माको त्यो अनन्त कालदेखिको उद्वेश्य पूरा हुनेमा कुनै दुइमत वा द्विविधा लिनुपर्ने छैन ।
अतः संसारमा सर्वसाधारणको लागी पहिलो मैत्री मार्ग दर्शन गृहस्थि माआत्मा गुरुमार्ग गुरुहरूको तीन महिने प्रशिक्षण कार्यक्रम पश्चात आयोजना गरिएको सम्मान कार्यक्रममा सन्यासी गुरुमार्ग गुरु मार्फत देशना गरिएको थियो । उक्त मार्ग दर्शनलाई जस्ताको तस्तै तल उल्लेख गरिएको छ ।
मितिः २०७५/माध/०६ गते, आइतबार ।।
सर्वज्ञ परम पुजनीय महा सम्बोधि धर्म संघ गुरुज्यूको कोमल चरण कमलमा अनन्त सेवा ढोग । सदा सर्वदा उहाँको शरणमा समर्पित भाव लिएर अपार अदार सम्मान र विश्वासपूर्ण श्रद्धा भक्ति आस्था र भरभरोसाले युक्त भइ अञ्जुलिबद्ध भएर हामी सम्पूर्ण संघ भक्त अनुयायीहरू उहाँ गुरुज्यूमा अपार वन्दना सहित कोटी–कोटी प्रणाम गर्दछौं ।
अनुपम कल्याणकारी सुखप्रदाले सम्पन्न ‘बोधि मार्ग दर्शन मैत्री धर्मको’ नीति–नियम र शासनमा आधारित ‘भगवानमार्ग’, ‘मार्गगुरु’ र ‘गुरुमार्ग’का अमृतमय ज्ञानको ज्योति प्रकाशवान गर्नुहुँदै, बर्षौ देखि गलत धर्म नीति र सिद्धान्तको भुमरीमा रुमलिएर सत्धर्म र गुरुबाट बञ्चित रही विनाश उन्मुख दिशामा अघि बढ्दै गरेको मानव सभ्यतालाई बचाउन र श्रृष्टि सिद्ध संसार तथा सर्वजगत प्राणीको उद्धार, संमरक्षण, एवम् असंख्य प्राणीको मुक्ति र मोक्षको निमित्त तत्परतामा लीन रहीरहनु हुने ‘महा सम्बोधि धर्म संघ’ गुरुज्यूको पाउँमा नमन गर्दछौं ।
पुजनीय सर्व परमात्मा भगवानहरू प्रति उच्च सम्मान भाव प्रकट गर्दै असंख्य पुष्पार्पणद्वारा अनन्त सेवा ढोग । लोक लोकोत्तरका सर्व मार्गगुरु र गुरुमार्गहरूको शरणमा शरणागत भइ अपार वन्दना ।
संघ भक्त अनुयायीहरूले आफ्नो जीवनभर पालना गर्नुपर्ने जति पनि उहाँ गुरुज्यूको अमृतमय धर्मका महावाणी अथवा मार्ग दर्शनहरूलाई शिरोधार्य गर्नुपर्दछ । यी मार्ग दर्शनहरू नै मनुष्य आत्मालाई मुक्ति र मोक्ष प्रदान गर्ने धर्मका महत्वपूर्ण आधारहरू हुनेछ ।
सर्व प्रथम मैत्री धर्ममा प्रबेश भएर एउटा संघको रूप धारण गरिसकेपछि आफू लगायत सम्पूर्ण प्राणीको हित र कल्याणको निमित्त तल लेखिएका मार्ग दर्शनहरूलाई बुझेर, मनमा गुनेर अनिवार्य पालना गर्नुपर्ने हुन्छ ।
वैवाहिक जीवन सम्बन्धमा
बोधि मार्ग दर्शन मैत्री धर्मले मानव अस्तित्वलाई अनेका अनेकौ जातियताको रूपमा नभइ एक मानव जातिको रूपमा लिएको छ र मानवीय भेदभाव गराउने सोच बिचार र भावनाको शुक्ष्म तत्व वा तुस पनि नरहेको मैत्री धर्मको शासनमा हामी रहिआएका छौँ ।
बिबाह एक मानव अस्तित्वलाई बचाइ राख्ने एक महत्वपूर्ण प्रकृया अथवा नियम हो । जुन मानव जीवनमा अपरिहार्य छ । यो बिना मानव श्रृष्टिको कल्पना पनि गर्न सकिदैन । अतः नितान्त मैत्री धर्मको नियममा रहि बैबाहिक सम्बन्ध गाँसेमा मात्र मनुष्य जीवन सार्थक र सुखमय हुनेमा पूर्ण बिश्वास छ ।
मैत्री धर्मको शासनमा महिला र पूरुष एक समानता रहेको छ जसमा धर्मका ज्ञान गुण देखि संसारमा रहुन्जेल अपनाउने ब्यबहारिक ज्ञानमा कुनै फरक छैन । अतः यही आधारमा टेकेर बैबाहिक जीवनले पनि मानव समाजमा सत्य धर्म मार्ग बिस्तार गर्न र गराउन सकारात्मक भूमिका निर्वाह गरेको हुन्छ ।
१). दुलहा र दुलही दुबै परिवार बीचको पूर्ण सहमति र समझदारीमा मैत्री धर्मको नियममा रही बिबाह सम्पन्न गराउनु अनिवार्य छ । यसरी सम्पन्न भएको बिबाहलाई मात्र मैत्री धर्मले मान्यता प्रदान गरेको छ ।
► संसारमा महिला प्रति जुन प्रकारको अपमान र भ्रमहरू रहदै आएका छन् । जस्तो कि महिला पुरुष भन्दा ठूलो हुन सक्दैन भन्ने गलत बिचारलाई परिबर्तन गराइ महिला पनि संसारमा सर्वश्रेष्ट हुन् र हुनु हुन्छ पनि । र धर्मको शासनमा महिलाहरूलाई अपमान गर्न मिल्दैन, पाउदैन अथवा गर्नु हुँदैन, भन्ने उचित बिचारलाई अपनाउदै, बिस्तार गर्दै महिला र पुरुषलाई एक समान मानसम्मान, मान्यता र विश्वास गरेमा मात्र धर्म पुण्य, गुरु लाभ, मुक्ति र मोक्ष प्राप्ति गर्न सकिन्छ, भन्ने उच्च सोच बिचार र भावना सबैमा पलाओस भनि परमात्मा गुरुहरूबाटै संसारको लागी उच्च मार्ग दर्शन गराउनु भएको उहाँ (धर्म संघ) गुरुज्यूले अमृतमय वचन गर्नु हुन्छ ।
२). मैत्री धर्मको नियम अनुसार महिला र पुरुष दुबैले पहिलो श्रीमान, श्रीमती हुँदा हुँदै पनि दोस्रो बिबाह गर्न पूर्ण निषेध छ । यदि दोस्रो बिबाह गर्नै परेमा कि त मरेको हुनु पर्ने, कि त सदाको लागी एक अर्कामा नियम संगत ढङ्गले पारपाचुके गरी छुटकारा लिएर छुटेको हुनु पर्ने छ ।
३). ध्यान जप, बिबाह, मृतक, विघ्नबाधा, शान्ति पूजापाठ र प्रार्थना आदि कर्महरू गर्ने बेलामा मात्र नभएर सकेसम्म आफ्नो परिवार इष्टमित्रसंग हिड्दा, बस्दा, खादा, बोल्दा आदि कर्महरूमा अनावश्यक जथाभाबी बोल्दै हाँसीमजाक गरी ठट्टा गर्ने, संसारिक मनोरञ्जनका बिषयहरूमा बढि केन्द्रित हुने जस्ता आफ्नो धर्म पुण्य घट्ने कुनै पनि कार्य गर्न पूर्ण त्याग गर्नु पर्छ ।
४).आफ्नो परिवार देखि गाउँ घर समाजलाई धर्ममा आकर्षण गराउने, धर्ममा मन पलाउने जस्ता उचित बिषयहरूमा आवश्यकता अनुसार गुरु (धर्म) वचनहरू प्रदान गरी रहनु पर्छ ।
५).आफ्नो सर्व स्वार्थलाई त्याग गरेर मात्र संसार र सर्व जगत प्राणीको हित र उद्धारको लागी सदा सर्वदा सर्व मैत्री भावपूर्ण उच्च सोच बिचार गरेर अघि बढ्नु पर्दछ ।
६). अज्ञानता बस पहिले देखि कुलको स्थापना गरी मान्दै आएको भएता पनि अब त्यसको उद्धार गर्नु पर्ने हुन्छ । ता की संसारबाट मुक्त हुन नसकेर भौतारिएका ती कयौं पूर्खाका आत्माहरूले शान्ति प्राप्त गरुन् र धर्म मार्गमा यात्रा गर्दा आफूलाई पनि त्यसको कुनै प्रभाव वा असर नपरुन् ।
७).बिगत जान अन्जानमा आफूद्वारा भएका कार्यहरूमा चिन्ता र पश्चात्ताप गर्नु भन्दा पनि आफू स्वयम् संघ भक्त अनुयायी भएर लागिसकेपछि अब आउने दिनहरूमा मैत्री धर्मको उच्च शासनमा रही के कसरी सर्व प्राणीको हितमा मैत्री धर्मलाई बिस्तार गर्न सकिन्छ, भन्ने बिषयहरूमा गहिरो सोच बिचार र चिन्तन मनन गरेर अघि बढ्नु पर्ने हुन्छ ।
८).ध्यान अध्ययन गर्दा, ज्ञान गुण लिदा, जप ध्यान गर्दा यी अवस्थाहरूमा शान्त शिल स्वभावमा रहेर एकाग्र चित्त गराइ भक्ति भावमा डुब्नु पर्छ ।
९).नकारात्मक बोली वचन, सोच विचार, रीसराग, डाहा, अहमता र ठट्टा जस्ता अनुचित कार्य नगरी मानवीय एकताको भावनालाई लिएर समझदारी, सजक र सचेत रहनु पर्छ ।
१०).गुरुहरूसंग बोल्दा, बस्दा, हिड्दा, खादा, कुनै कार्य गर्दा सदा शान्त शील स्वभावमा रहेर कर्म गर्नु पर्दछ ।
११).मैत्री धर्म मार्गमा संघको रूप प्राप्त गरिसकेपछि सदा सर्वदा सत्यतामा अडिग रहेर गाउँ घर, समाज र राष्ट्र देखि अन्तर्राष्ट्रिय मानव समाज सम्म उचित परिवर्तनका रूपहरू देखाउदै, अरुलाई सिकाउदै शान्ति स्थापित गराउनु पर्छ ।
१२).गाउँघर समाजमा अन्धबिश्वासको आधारमा परम्परागत रूपमा मान्दै वा चलन चल्तिमा रहदै आएका जति पनि नीति सिद्धान्तहरूलाई बिस्तारै परिवर्तनको सत्मार्ग तिर डोर्याउनु पर्दछ ।
१३).जाति, धर्म, समाज र राष्ट्रको बिषयलाई लिएर भेदभाव तथा मतभेद सृजना गराउने बोलि वचन तथा शब्द कहिल्यै प्रयोग गर्नु हुँदैन ।
१४).धर्ममा आफ्नो परिवार नै किन नहोस यदि सत्य धर्म बिपरित कुनै कार्य अपनाउदै जान्छ भने आफू मार्गमा अडिग रहेर अघि बढ्नु पर्दछ र मार्गमा यात्रा गर्दा जस्तो सुकै कठीन परिस्थितिहरूमा पनि बिचलित नभइकन अघि बढनुपर्दछ, यदि आवश्यक परेमा त्याग पनि गर्न सक्नु पर्छ ।
१५).भौतिकताका बिषयहरुमा विश्वास गरेर त्यसको पछि लागी हाल्नु हुँदैन । पहिले जाँचबुझ गरेर वास्तबिकता बुझ्ने प्रयास गर्नु पर्छ । आफू लगायत धर्मलाई असर हुने कुनै कार्यहरू भएमा तत्काल त्याग गर्नु पर्छ ।
१६).कुनै पनि प्राणीको आँसु बगाउनु भनेको सर्ब परमात्मा गुरुको आँसु बगाउनु बराबर हो ।
१७).प्राणीलाई असर हुने कुनै पनि कार्य गर्न पूर्ण निषेध गरिएको छ ।
१८).अधार्मिक अथवा अमैत्रीपूर्ण आहार सेवन गर्न पूर्ण त्याग गर्नु पर्छ ।
१९).धर्म गरेको जस्तो रूप देखाएर यदि पाप गरेमा (धर्म गरेर पाप गरेको पाप लोक)मा फसिन्छ र यस लोकबाट कहिल्यै पार पाउन सकिदैन ।
२०).नकारात्मक सोचबिचार र अविश्वास गरेर महापाप कर्महरूमा जस्तै धर्मलाई अनिष्ट गर्ने, गुरुहरू प्रति आरोप अथवा दोष लगाउने जस्ता कार्य गर्नु भनेको सर्व परमात्माहरूलाई नै आरोपित गरेको समान हो ।
२१).अन्तमा गुरु र धर्म त्याग गरेको महापापले गर्दा, दुर्गतीको लोकमा फस्ने निश्चित छ ।
२२).अधर्म पाप कर्मले गर्दा मरेर मात्र दुःख भोग्नु पर्छ भन्ने होइन, नमर्दै दुःख भोग गर्नु पर्ने हुन्छ ।
२३).संसारिक बिषय बस्तुहरूमा भुलेर क्षणिक यश, नाम र कीर्तिको लागी मात्र र धन दौलतको लोभ लालचामा परी अरुलाई दुःख दिने, अरुको मन रुवाउने, धोका दिने र गाँउ घर समाजमा विकृति फैलाउने जस्ता कार्य पूर्ण त्याग गर्नु पर्छ ।
२४).अश्लिलता (फोहोरी) बोली वचन, दुष्ट बोली वचन, कठोर बोली वचन नगरी सदा नम्र, भद्र, शिष्टाचारले युक्त बोली वचनहरू मात्र प्रयोग गर्नुपर्ने हुन्छ ।
२५).एक अर्कामा झैंझगडा, मनमुटाव र नबोल्ने जस्ता कार्यहरू पूर्ण त्याग गरी सबैसँग मेलमिलाप गर्ने, नबोलेको भए बोल्ने अथवा धर्ममा संघको रूप लिइसके पछि सानो होस या ठूलो सबैसँग एक समान व्यावहार गर्नुपर्ने हुन्छ ।
२६).आफ्नो घरमा रहदा उचित समय निकालेर धर्मको सिद्धान्त वा नियममा रही जप ध्यान, पूजापाठ र प्रार्थना गर्नु पर्दछ । यसको प्रभावले गर्दा आफूमा आउन सक्ने विघ्नबाधा, परिवारमा आउन सक्ने विविध दुख कष्टहरू, तन्त्र मन्त्र वा मारले सताउने जस्ता समस्यहरूबाट मुक्त हुँदै जाने छ ।
२७).सर्वसाधारण संघ भक्त अनुयायीलाई मुक्ति र मोक्ष रूपि मार्गमा डोर्याउने प्रमुख कर्ता उहाँ गृहस्थी माआत्मा गुरुमार्ग गुरुहरू हुनुहुन्छ । अतः उहाँहरूलाई परमात्माको स्वरूपमा लिएर अपार आदर सम्मानका साथ बिश्वासपूर्ण श्रद्धा, भक्ति, आस्था र भरभरोसा गर्नु पर्दछ ।
२८).जीवन उपयोगी कर्महरूमा उहाँ माआत्मा गुरुहरूद्वारा मार्ग दर्शन भएका विधिलाई सर्व स्वीकार गरी अधिबढ्नु पर्छ ।
२९).गृहस्थी माआत्मा गुरु मार्ग (अथोअहसको) श्रीमतीलाई (गुरु आमा) वा मैत्रीमा भनि सम्बोधन हुन्छ भने गृहस्थी माआत्मा गुरु मार्ग ठपोवको श्रीमानलाई (गुरु आपा) अथवा मैत्रीमा भनि सम्बोधन गरिन्छ ।
३०).सर्वसाधारण संघ भक्तहरूको लागी मैत्री पोशाकमा पुरुषलाई (निलो र बैगुनी रंङ्गको), स्त्रीको लागी (गुलाफी र हरियो रंङ्गको) हुनेछ ।
३१).यो मार्ग दर्शन ग्रहण गरे पश्चात यदि अविश्वास अथवा भ्रममा परी आफ्नो सङ्कल्पलाई भङ्ग गरेको महापापको कारणले गर्दा आफूले त कर्मको फल भोग्नु पर्छ नै तर आफ्नो निकट भविष्य सम्मका सन्तानहरूलाई समेत यसको असर पुगिरहेको हुन्छ । जस्तै अपाङ्गता हुन सक्ने, अकाल मृत्यु हुने, अशान्ति हुने, आत्माले कहिल्यै पार नपाउने जस्ता दुःख भोग्दै संसार बिनाश नभएसम्म भौतारी रहनु पर्ने हुन्छ ।
मथिका ती सम्पूर्ण नियमलाई पालना गर्नेछु भनी जुन सङ्कल्प हामीले स्वयम गुरुज्यू समक्षमा गरेका छौं । अब यसलाई त्रुटीरहित पालना गर्दै अघि बढ्नु भनेको आफू लगायत सम्पूर्ण प्राणीको कल्याण हुनु हो ।
वर्तमान संसारमा मानवले बिर्सदै गएको आफ्नो सत्य धर्म रूप, कर्म र मार्गलाई पुनः अधिष्ठान गर्नको लागी, जहाँ जसरी आफ्नो पूर्ण वाल्य जीवन धर्मको महा कठोर खोज त्याग र तपस्यामा लीन हुनु भएर धर्मका महा दूर्लभ सुख ज्ञानगुण प्राप्त गर्नु भयो ।
त्यही कठोर खोजबाट प्राप्त ज्ञानगुणको अधार शिला (मार्ग दर्शन) सर्व साधारण संघ भक्त अनुयायीहरूलाई विश्वासको आधारमा उहाँ गुरुज्यूले प्रदान गर्दै हुनुहुन्छ । यसरी उहाँद्वारा प्रतिपादन भएको धर्म मार्ग दर्शनलाई उहाँको अपार धर्म पुण्य, कृपा र आशिर्वादको फलस्वरूप हामीले सरल रूपमा प्राप्त गरिरहेका छौं ।
अतः यसलाई आफ्नो जीवन वा प्राण भन्दा पनि महत्वपूर्ण रूपमा लिएर कुनै दुरुपयोग नगरी पालना गर्नुस । यो नै एक मात्र संसार उद्धारको लागी सर्वश्रेष्ठ आधार हो । र यसैमा सर्व संसार चलेको, अडेको र थामिएको रहस्य पनि उद्धघाटित गर्दछु ।
उहाँ गुरुज्यूको प्रत्येक धर्मका अमर महावाणीहरू नै सर्व जगत प्राणीले मुक्ति र मोक्ष प्राप्त गर्ने ठूलो आधार हो । गुरु र धर्मलाई चिनेर, बुझेर लागी परेका सर्व मनुष्यले उहाँको अमृतमय वचनहरूलाई अनुसरण गर्दै पालना र क्षमताको आधारमा धर्म पुण्य, गुरु लाभ र ज्ञानगुण प्राप्त गर्न सक्ने छ ।
सर्व ज्ञान प्राप्त गर्नको लागी उहाँ गुरुज्यूले अपार दुःख कष्टहरूको सामना गर्नु परेको थियो । रातदिन दुःखपिडाहरूको कुनै पर्बाह नगरी सम्पूर्ण जीवन सर्व आत्माको हितमा मात्र केन्द्रित रहनुभइ कुनै समय लगातार झरी बादल र वर्षातमा परेको पानीले रात दिन भिजेर शरीरको छाला फुलेर चिसो पानी भित्र प्रबेश गर्दा सहन नसक्नुको पिडा, त्यसमाथी हजारौं धमीराले आफू बसेको आसन पछाडीको भागमा गुड बनाई लगाएको कपडा र तल शरीरको भागमा छिया छिया हुने गरी टोकेर रगत खादा अनि हजारौं लामखुट्टेको टोकाइबाट असहनीय दुःख पिडा नभएको कुनै दिनै थिएन । कुनै समय एकै आशन गरी कठोर तपस्यामा रहदा, शरीरको नसा र मासु च्यापिएर रगतको प्रवाह बन्द हुन पुग्दा, एकै ठाउँमा रगतको चाप बढेर मासु र छाला नै चिरा भइ त्यसबाट रगत बग्दाको अथहा पिडा सहन कठीन भएको पनि हुन्थ्यो । महा कठोर तपस्याको कारणले पाकेर मलिलो र नरम भएको शरीरमा कयौं कमिला, धमिरा, किरा फट्याङ्ग्रा र अन्य जीवहरूले रात दिन टोकेर रगत र मासु खाँदा अनि छिया छिया पारेर घाउ बनाउँदाको अपार पिडा र दुःखकष्टलाई स्वीकार्दै मात्र सर्व प्राणीको हित र उद्धारको लागी अघि बढ्नु भयो ।
बिबेकशील प्राणीको रूपमा चिनिएका कतिपय मनुष्यहरूले अबिबेकपूर्ण व्यावहार देखाइ, मात्र मनोरञ्जन र आफ्नो स्वार्थ पूरा गर्ने उद्वेश्यले बिभिन्न समयमा हरेक कोणबाट अनावश्यक दुःखपिडा, विघ्नबाधा दिइरहदा कुनै त्यस्तो दिनहरू थिएन, जुन दिन उहाँको लागी शान्ति सुरक्षाको अनुभूति र खुसिका दिनहरू होस् । हरेक समय मानवको दुष्कर्मबाट बच्नको लागी एक पछि अर्को ठाउँहरू परिवर्तन गर्दै, जसरी जीवजन्तु लुकेर हिड्नु परे झैं आफ्नो जप ध्यान र तपको अभ्यास गर्नु परेको थियो । शरीरमा मात्र एकसरो कपडा शीतलहर र चिसोको कारण कठाङ्ग्रिएर (चिसोले कट कट खानु) उत्पन्न भएको पिडा सहदै ६ वर्षसम्मको निर्जल, निराहार महात्याग र तपस्या गर्नु भयो । अनकन्टार घनाघोर जंगलको बीचमा बिषालु सर्प र जंगली जनावरहरूको माझमा न दिन न रात, न तिर्खा न भोग, न जाडो न गर्मी, न निद्रा न डर, न त्रास केही नभनी पूर्ण आत्मामा कठोरता, निडरता, आत्माविश्वास र साहसको कवच धारण गर्नु भएर कठीन भन्दा कठीन परिस्थितिहरूसँग लड्दै अन्तमा धर्म विजय प्राप्ति गर्नु भयो ।
यसरी सर्व दुःख र पिडा भोगेर, सहेर कठीनले प्राप्त गर्नु भएको ज्ञान यो संसारको लागी सूर्यको प्रकाश समान, आकाश झैं अनन्त र अडिलो, धर्ति झैं थामिलो, महा समुन्द्र झैं अपार ज्ञानगुणले भरिएको एक निधिको (बहुमूल्य, अमूल्य) रूपमा यो मनुष्य जगतले प्राप्त गरिसकेको छ । यसलाई सम्हालेर संसारलाई बचाउनु वा नष्ट गर्नु अब हामी प्रत्येकको जिम्मेवारीमा रहिआएको छ । हाम्रा यही प्रयत्न र विश्वासले गर्दा उहाँ गुरुज्यूबाट धर्मका महा दुर्लभ ज्ञानगुणहरू पाइरहेने नै छौं ।
उहाँ गुरुज्यूको महान कार्य र धर्म पुण्यको फल स्वरूप यो संसारले पुनः परमात्मा गुरु र धर्म प्राप्त गरेको छ । उहाँ गुरुज्यूबाट प्रतिपादन भएको सर्व ज्ञानगुणले युक्त (बोधि मार्ग दर्शन मैत्री धर्मको) नीति नियम र विधिविधान संसारमा चीरकाल (लामो समय) सम्म धर्मको फूल फुलाउँदै, फलाउँदै, सुघन्ध छर्दै, प्रकाशमा महा प्रकाशवान बनेर, शान्तिमा महा शान्ति बनेर, ज्ञानको ज्योति छर्दै, मुक्ति र मोक्षको अमृत पिलाउँदै एक रूपतामा मानव जगतलाई अघि बढाइ रहने नै छ ।
आजकै दिन देखि सर्वसाधारण संघ भक्त अनुयायीहरूले आफूमा भएका कमिकमजोरीलाई सुधार गर्दै अब आउने दिनहरूमा सानो भन्दा सानो गल्ति पनि नगरी उहाँ गुरुज्यूको अमृतमय वचनलाई पालना गर्नु हुन्छ भन्ने पूर्ण विश्वास लिएका छौं । धर्मलाई कुनै ख्याल ख्यालको रूपमा नलिइकन सदा आफू गम्भिर भएर हरेक काम प्रति सचेत रहदै अगाडी बढ्नुस । यसैमा हाम्रो उद्धार हुनेछ । महा सुख र शान्तिले छाउने छ । सर्व परमात्मा भगवानको प्रिय बन्ने छ । सबैको पुजनीय बन्ने छौं र अन्तमा आत्माले स्वर्ग अथवा गुरु लोक प्राप्त गर्ने छ ।
यस पानामा जति पनि धर्मका मार्ग दर्शनहरू रहेका छन् यसलाई ध्यान अध्ययन गर्नुस र अन्तमा उक्त पानालाई जस्ताको तस्तै सुरक्षित स्थानमा राख्नु होला । यो तपाईंहरूको आफ्नो पूर्ण जीवन भर पालना गरिनु पर्ने नियम अथवा शीलहरू भएकोले गर्दा यसलाई हामीले जथाभावी फाल्न मिल्दैन । यो सम्पूर्ण उहाँ स्वयम् गुरुज्यूको अमृतमय सो वचनहरू भएको हुँदा यसको सम्मान गर्नु हामीहरूको ठूलो धर्म हो । यो नै हाम्रो लागी ज्ञान गुण, गुरु लाभ, अपार धर्म पुण्य प्राप्त गर्ने मार्ग दर्शनहरू हुन् । यो मार्ग दर्शन भन्दा बाहिर गएमा मैत्री धर्मबाट प्राप्त हुनु पर्ने सम्पूर्ण धर्म कर्मफलबाट वञ्चित हुन जाने छ ।
समयको माग अनुसार थप मार्ग दर्शनहरू हुँदै जाने नै छ ।
सबैले परम सुख र शान्ति खोजि रहेको छ । र जन्मेपछि मर्नु पर्छ भन्ने संसारमा सबैलाई ज्ञात छ । तर जन्म अघि र मृत्यु पछिको हाम्रो धर्म कर्म के थियो र के हुने छ भन्ने विषयमा मनुष्यको चासो र चिन्तन मनन् अति नै न्युन रहेको पाइन्छ । यसरी यथार्थ बोध हुन नसक्दा सत्मार्ग छुट्याउन नसकी आफूले अनुसरण गरेको बिषयलाई मात्र लिएर आफ्नो बहुमत, अहमता देखाइ स्वार्थमा डुब्न पुग्दा जीवन अन्योलमा पर्न पुगेको आफूलाई नै थाहा हुँदैन ।
आज यही अन्योलताको भुमरीको चपेटामा मनुष्य जगत दिनानुदिन फसिरहेको पाइन्छ । सत् धर्म मार्गमा अडिग हुनु वा ओझेलमा पर्नु प्रत्येक मनुष्य स्वयम् आफ्नो जिम्मेवारी हो । उहाँ गुरुज्यू वचन गर्नु हुन्छ । “स्वर्गको स्थान सबैले चाहन्छ तर सत्मार्गमा यात्रा गर्न मान्दैनन् । गुरुले सबैलाई परम सुख र शान्तिको रूप दिन चाहन्छ । तर गुरुको पहिचान गर्न नसक्दा यसलाई लिन जान्दैनन् । गुरुले भ्रमको महा समुन्द्रलाई पार गराउन खोज्दै हुनुहुन्छ । तर पार लगाउने डुङ्गामा चढ्न नमाने पछि कसरी पार गराउन सम्भव हुन्छ ? प्रत्येक मनुष्य आत्माले स्वर्ग प्राप्त गर्न सत्धर्म मार्गमा यात्रा गर्नै पर्छ । मार्गमा यात्रा गर्न फेरि मार्ग दर्शन हुन आवश्यक छ । र मार्ग दर्शन प्राप्त गर्न सत्धर्म गुरुको अनुसरण हुनु अनिवार्य छ । संसारमा यो भन्दा अरु विकल्प कुनै रहेको छैन ।”
संसारमा सूर्यले जसरी एक समान आफ्नो प्रकाश निस्वार्थ रूपले प्रदान गरेको हुन्छ । त्यसैगरी गुरुले पनि आफ्नो धर्म पुण्यलाई प्रदान गरिरहेको हुन्छ । संसार प्रतिको कुनै भेदभाव छैन । तर विडम्बना यो संसारको मनुष्यमा देखिरहेको छ । आफ्नै कारणहरूले गर्दा मानव रूपि आत्मा परमात्मा धर्म तत्वबाट टाढिदै छ । यो दुःखद परिस्थितिलाई साराले बोध गरुन् ।
सर्व मैत्री मंगलम ।।