आकाश अर्थात सबैतिर उतार-चढावमा निस्फिक्री तैरिरहेका पिण्डहरू सूक्ष्म सूक्ष्म र विशाल अनि दृश्य र अदृश्य सबै सबै एकत्वमा जो अस्तित्व छ गुरू उनै हुन् । सूक्ष्म सूक्ष्म बीज जो छ त्यो चेतना हो चेतना नै नयाँ हो नयां, निरन्तर फेरिनु हो फेरिनु, नदोहरिनु हो यही गुणले अनन्त गतिमा जो अस्तित्व छ गुरू उनै हुन् । […]