वि.सं. २०७० साल जेष्ठ २५ गते चितवनको शारदा नगरमा दिनु भएको धर्म देशना ।

जेठ २५, २०७० (08.06.2013) 408

धर्म संध

बोधि श्रवण गुरु संघाय

नमो मैत्री सर्व धर्म संघाय

सत्य धर्म, गुरु र मार्गको अनुशरण गर्दै लोकले धर्म तत्वको बोध गरुन् । एवम् मुक्ति–मोक्ष रुपी यस महा ‘मैत्री धर्म’ मार्गको परम ज्ञानले समस्त लोक प्राणीहरु तृप्त होउन् । धर्म तत्वको विज्ञान अति गहन र असीम छ । सत् धर्म तत्व बोध हुनको निमित्त स्वयम् तत्व रुपी हुनु पर्दछ । धर्म तत्व केवल यस लोकमा मात्र सिमित नभई समस्त अस्तित्वमा रहेको छ । मनुष्यले बोध गरुन् यो लोक मात्र एउटा अवसर हो । धर्म तत्व बोध गर्नको निमित्त । कुनै वृक्षमा असंख्य फूलहरु अंकुरित भएता पनि सिमितले मात्र फलको स्वरुप प्राप्त गरे झैं मनुष्यले पनि धर्म प्राप्त गर्दछ । तथापि सत्य धर्मको मार्गमा भने झरेको फूलहरुको पनि अस्तित्व वा महत्वा रहन्छ । एवम् प्रत्येक फूलहरुको पनि छुट्टै विशेषता वा धर्म गुण हुने गर्दछ । सत्य धर्मको अनुसरण गर्नु । एवम् धर्म तत्व प्राप्त गरि मुक्ति–मोक्षमा लिन हुनु नै मनुष्य जीवनको मूल उद्वेश्य हो । गुरुले आफ्नो धर्म पूरा गर्छ । संसारलाई मार्ग दिएर । तथापि मार्गमा हिँड्ने प्रत्येक पाइलाहरुको जिम्मेवारी मनूष्य आफैको व्यक्तिगत खोज हो । मुक्ति–मोक्ष रुपी तत्व आफूले अनुसरण गरेको मार्गमा छ वा छैन भन्ने पनि मनुष्यको अर्को नितान्त व्यक्तिगत् खोज हो । मनुष्यले आफ्नो जीवनमा मैत्री ज्ञानबाट टाढा रहि धर्मको नाममा जस्तो सुकै अभ्यास गरेता पनि अस्तित्वगत् सत्य तत्वको प्राप्ती असम्भव छ । त्यो केवल क्षणिक संसारको भोग मात्र हुनेछ । संसारिक मार्गमा मनुष्यहरुको अहङ्कार वा वासनाहरुलाई यथावत राख्ने अनेकौं सुक्ष्म उपायहरु भएको हुँदा वासनारुपी मनुष्यहरु हिड्न चाहदैनन् । तर विडम्बना चित्तको अन्तस्करणमा बोध प्रत्येक मनुष्यलाई छ । कुन मार्गले कहाँ पुर्याउँछ । गुरुबाट मार्ग दर्शन हुँदा, मार्गमा यात्रा गर्ने प्रत्येक आत्माको संञ्चित धर्म पुण्य अनूरुप पाउनु पर्ने तत्व र भोग्नु पर्ने सत्य सुनिश्चित छ । तथापि होस, रहिरहोस यात्रा आफ्नै हो । अहङ्कार र वासनाहरुको बोध गर्दै, धर्म तत्वको गुणले युक्त भई संसारिक सर्व बन्धनहरुबाट मुक्त हुन सकिन्छ । जसको निमित्त मनुष्यले जीवनको अन्तिम क्षणसम्म धर्मको स्ततः प्रयास गरि रहनु पर्दछ । यस ‘मैत्री धर्म’ ज्ञानलाई सारा लोकले आत्मा साथ गर्दै, बोध गरुन् ।

सर्व मैत्री मंगलम् अस्तु, तथास्तु ।।
 Prev Speech Next Speech 

भिडियोहरु

Mahasambodhi Dharmasangha Guru's Message In Chitwan Of June 8, 2013

जेठ २५, २०७० (08.06.2013)
फोटोहरु

Mahasambodhi Dharmasangha Guru Giving Message in Chitwan

जेठ २५, २०७० (08.06.2013)

Thanks! Your translation has been sent.
Error occured sending translation. Probably this translation has already been submitted.