एक्काइसौँ विश्वशान्ति महा मैमैत्री पूजा तथा प्रार्थना
कार्तिक २१, २०८३ (06.11.2026)33
यस वर्ष २०८३ चैत २१ देखि २७ गतेसम्म आयोजना हुन गइरहेको एक्काइसौँ विश्वशान्ति महा मैमैत्री पूजा कार्यक्रम सदाझैँ भव्य र सभ्य रूपमा सुसम्पन्न गर्न पूजनीय महा सम्बोधि मैत्रीनाथ गुरुज्यूबाट आशीर्वचन प्राप्त भएको छ। सोहीअनुसार केन्द्रीय कार्य समिति, बोधि श्रवण धर्म संघ नेपालद्वारा आयोजना गरिने यस पावन महा मैमैत्री पूजा तथा प्रार्थनामा विश्वशान्ति र समस्त जीवात्माको सुधार तथा उद्धारका लागि सर्वमैत्रीपूर्ण भावनासहित पापमोचन गर्न र गराउन मोक्षरूपी परमात्मा तथा भगवानहरूको मन्त्रजप, तप र ध्यानसहित अपार आराधना तथा वन्दना गरिनेछ।
अतः यस परम पवित्र तथा पुण्यमय कार्यक्रममा उपस्थित भई अपार पुण्यलाभ गर्न र गराउन स्वदेश तथा विदेशमा रहनुभएका समस्त मैत्रीधर्म संघ परिवारका सदस्यहरू र अध्यात्मप्रति गहिरो सम्मान तथा आस्था राख्ने श्रद्धालु भक्तजन एवं अनुयायीहरू सबैमा सर्वमैत्रीपूर्ण अनुरोध गरिन्छ। कार्यक्रम आयोजना हुने स्थानबारे उपयुक्त समयमा जानकारी गराइनेछ।