सर्वज्ञ परम पूज्यणीय ‘महा सम्बोधि धर्म संघ’ गुरुज्युबाट मिति २०७३ चैत्र ८ गते लालितपूर जिल्ला, कार्यविनायक न. पा. वडा नः १३ चुनिखेल बुगलमा सम्पन्न भएको विश्व शान्ति मैत्री पूजा महा दर्शन तथा अभिषेक कार्यक्रममा विश्व मानव समुदाएको लागी देशना भएको अमृतमय महा वाणी ।
धर्म संघ
बोधि श्रवण गुरु संघाय
महा मैत्री सर्वधर्म संघाय
शुद्ध चित्तको भावनालाई लिइ कल्पौ कल्पदेखि आफ्नो आसनमा धर्मको नीति–नियममा रहि पूर्ण निष्ठाका साथ समस्त संघ, धर्मप्रेमी र श्रद्धालु भक्तजन तथा अनुयायीलाई असङ्ख्य धर्मतत्त्वको बोध गराउँदै सर्वजगत प्राणी एवम् लोकको निमित्त यस संसारलाई प्रत्यक्ष रूपमा ‘मैत्रीधर्म’ तथा ‘बोधिमार्ग दर्शन’ गराउँदै आइरहेको छु ।
तथापि यस मानव लोकमा मनुष्य अर्थात सम्पूर्ण जगत प्राणी सत्यको समागममा विमुख भई सत्य मार्ग बिराएर अन्देखा गरिरहेका छन् । जगतकै समस्त प्राणी सर्वधर्म एकमैत्री भाव तथा भेदभावरहित मनुष्यमा रहने अन्तरात्माको भौतिक क्लेश रूपी व्यवहारलाई त्याग गरि सद्धर्मको मार्ग निर्वाह गर्नु नै सत्य गुरुको मुख्य उद्देश्य हो । धर्म भनेको मुक्ति र मोक्षको मार्ग प्रदान गनेर् एउटा अदृश्य सत्य तथ्य तत्त्व हो । एवम् परमात्मा भगवान वा सर्वबन्धनबाट मुक्तिमोक्ष प्राप्त गर्नुभइसकेका गुरुहरू बस्नुभएको लोक अथवा गुरु हो । धर्मतत्त्व भनेको सत्य ज्ञानको बोध गराउनु तथा सत्य मार्ग खोज गरि सत्य मार्गमा लीन हुनु हो । धर्म ज्योति हो, जुन सर्वप्रकाशवान महा तेज छ । सर्वलोकदेखि ब्रáाण्ड धर्मतत्त्वमा अडेको छ । धर्म एउटा स्वार्थ पूर्तिको बाटो नभइ धर्म सर्वजगत प्राणीको उद्धारको निमित्त मुक्ति र मोक्षको एउटा मार्ग दर्शन हो । तथापि विश्वमा धर्म सदैव अक्षय हुनु नै सत्यतत्त्व हो ।
धर्मको संज्ञा दिई संसारलाई अप्रत्यक्ष रूपमा झुटो आश्वासन देखाएर सोही मार्गको ढोंग रची आफू स्वयम् भ्रममा रहेर सर्वजगतलाई भ्रममा राख्नु नै संसारलाई लोप तथा अनिष्ट मार्ग बोध गराउनु हो । यस लोकमा हामीभित्र रहेका क्लेशयुक्त पदार्थलाई परिशुद्ध गराइ सद्धर्मलाई ग्रहण गरि धर्मगामीको मार्गलाई आफू लगायत अरुलाई बोध गराउनु नै यस मानव लोकबाट मुक्तिमोक्ष प्रदान गर्नु हो ।
सद्धर्मलाई बोध गर्नको निम्ति समय सापेक्ष अघि बढ्नुपनेर् हुन्छ । तसर्थ कर्मफलको निम्ति हामी स्वयम् अर्थात आफैंमा निर्भर हुनुपर्छ । लोकको अर्थ नै सत्य र असत्य तथा पाप र पुण्य कर्मको फल हो । समय÷कालको अन्तराल पछि सद्धर्म र मार्ग दर्शन बिच कृतिम रूपी, सम्पूर्ण जगत प्राणी अज्ञानता पूर्ण संस्कारहरूलाई नै सद्धर्म मान्ने तथा परिशुद्ध मार्ग दर्शनको अनुभूतिलाई समेटी अज्ञानताको भुमरीमा भ्रमित भई यस तत्त्वहीन भौतिक संसारमा रुमलिरहेका छन् । विवश भई सत्मार्ग दर्शनको खोजमा भौंतारिरहेका छन् ।
परन्तु जगत प्राणीहरू ‘मानव’ स्वयम्ले त्यसलाई पूर्व काल देखि नै सद्धर्म एवम् परिशुद्ध मानी स्विकादैर् आएका छन् । जुन सत्यताको खोज सर्वमैत्री भाव गरि शाश्वत धर्म मार्गको नीति–नियम पालना गरेर गुरु प्रति असीमित आदरसम्मानको भावनाद्वारा मन वचनले विश्वासपूर्ण श्रद्धा, भक्ति र आस्थाबाट भावना गर्नुमा रहन्छ । यसैबाट अन्ततः धर्मको यथार्थ बोध हुनेछ ।
धर्म त्यो होइन जसले क्रोध, लोभ, मोह, स्वार्थ, शोषण, भेदभाव, आरोप, प्रत्यरोप, शंका र उपशंका जस्ता स्वभाव सृजना गर्छ । संसारलाई विनाश गनेर् मार्ग अपनाउछ । धर्म मात्र केवल मैत्री भाव तत्त्व र सत्कर्ममा रहन्छ । तसर्थ धर्ममा कुनै भेदभावको तत्त्व हुँदैन । आफू स्वयम् लगायत सर्वजगत प्राणीलाई दुःख प्रदान गनेर् तत्त्वहरू बोध गरेर विषको संज्ञा दिई अन्तरात्मा देखिनै क्षय गर्छ भने यो लोकमा मात्र नभइ परलोकमा पनि सुखी हुन्छ । धर्म एवम् मैत्री भाव स्थापीत गर्नको निमित्त मैत्री रस लिइ कर्मठ समागममा रहि आफू मात्र नभइ संसारलाई धर्मतत्त्वको बोध गराउनुपर्छ ।
अन्ततः संसारमा समय अनुकूल धर्म परिवर्तन भइरहेको छ । धर्ममा मार्ग नै मुख्य रहन्छ । मार्गविना मुक्तिमोक्ष अब असम्भव छ । संसारबाट धर्मको विस्तार भएतापनि धर्मतत्त्व दुर्लभ छ । गुरुले धर्मलाई विरोध गरेको होइन । तर यस वर्तमान युगमा आएर संसारमा मनुष्य स्वयम् स्वार्थ पूर्तिको मार्ग रच्दै आएको कुनीतिहरूलाई सत्य मैत्रीधर्म मार्ग दर्शनको क्षण बोध गराएको मात्र हो । गुरुको रूप लौकिक वा अलौकिक रूपमा रहन्छ । संसारमा देखिने सत्य गुरुहरू नै परमात्मा गुरुको वास्तविक रूप हुन् । विश्वमा जुन धर्म गुरुहरू सद्धर्मको शासनमा रहन्छन् । उक्त धर्म गुरुहरू वास्तविक धर्मको नेतृत्वमा पर्दछन् ।
आफू असत्य बनेर सत्य तथ्यलाई अवलोकन गर्नु भनेको आफू स्वयम्लाई एक छलको प्रतिविम्ब मानिन्छ । भगवानमार्ग, मार्गगुरु, गुरुमार्ग र परमात्मा गुरुहरूले सत्य युग देखिनै वास गदैर्आएको यस ब्रáाण्डमा आत्मा स्वरूप मानव र समस्त वनस्पति तत्त्वरूपी भएतापनि मनुष्यको लोभ, अहङ्कार युक्त हिंसात्मक व्यवहारले अन्ततः संसारमा प्रलय आगमन भएकोछ । यस वर्तमान युगमा पनि सत्यतामा रहेर सद्धर्मको अनुसरण नगरी क्लिष्टता रूपमा रहेर अहङ्कार, लोभ, मोह, इष्र्या, हिंसा र शोषण त्याग नगरे संसारमा फेरिपनि प्रलय निश्चित छ । अन्ततः धर्मलार्ई यो चुनौती पनि हो ।
सद्धर्म युग पछि प्राचीन कालमा औषधिको अभाव महामारीमा सम्पूर्ण मानव जाति रोगले विचलित भई व्याकुल रहेको अवस्थामा सम्पूर्ण वनस्पति परमात्मा गुरुहरूद्वारा नै अमृतको रूपमा प्रदान गर्नुभइ विषयुक्त संसारबाट जगत प्राणीको उद्धार गर्नुभएको थियो । मैत्रीधर्मको नीति–नियमलाई पालना गरेर अखण्ड भाव चित्तमा उत्पन्न गराइ आफ्नो मात्र नभइ सर्वप्राणीको निमित्त मुक्तिमोक्ष प्राप्त हुने सत्कर्म गरि देव भूमि सुखवति लोक जस्तै सुसम्पन्न बनाइ परमात्मा गुरुहरू प्रतिको अपार आदरसम्मान र विश्वासपूर्ण श्रद्धा, भक्ति, आस्था र अनुभूति तथा बोधद्वारा नै परमात्मा भगवानहरू र मनुष्य आत्मा बिच हुने सुमधुर सम्बन्धलाई अझ उत्कृष्ट बनाउने मार्ग दर्शन नै ‘मैत्रीधर्म’ हो ।
सत्यतामा रहि धर्म पुण्य कर्म गरि धर्मका यिनै विशिष्ट तत्त्वहरू प्राप्त गर्न सकिन्छ । अन्यथा जो कोही पापले भरिएको संसारमा फस्नेछन् र त्यसको विनाश सुनिश्चित छ । जहाँबाट कहिल्यै उद्धार हुनेछैन । स्वयम् गुरु र धर्मले पनि उद्धार गर्न समर्थ नहुने स्थिति रहन्छ । किनकि जहाँ पुण्यको अस्तिŒव अन्त्य भइसकेको हुन्छ । जसरी यथार्थमा अमूल्य तत्त्व महत्वपूर्ण हुन्छ, त्यसरी नै अमूल्य धर्म सत्यतत्त्व बोध गरि मनुष्य स्वयम् आपैmंले कर्तव्य पूरा गर्नुपर्छ ।
गुरुले मार्ग निदेर्शित गर्नुभएर मात्र होइन कि मार्गमा यात्रा आफ्नो हो । सम्पूर्ण शील, समाधी, मान, प्रतिष्ठा, प्रज्ञा, सम्यक जीवन, सम्यक आहार, सम्यक दृष्टि, सम्यक वचन, दया, करुणा, विश्वास, श्रद्धा र भक्तिमा निहित रहन्छ । सर्वजगत प्राणीहरू वनस्पतिमा निर्भर छन् भने सम्पूर्ण जगत प्राणी तथा वनस्पतिको सृष्टि परमात्मा गुरुहरूद्वारा भएका हुन् । र, ती सबै परमात्मा गुरुहरूमा निर्भर÷आश्रित छन् । संसार अडिनुको मूल कारक तत्त्व अन्ततः सद्धर्म हो । तसर्थ सर्वज्ञान, शील र धर्मको तत्त्वहरू यथाशीघ्र सम्पूर्ण जगतले त्रुटीरहित बोध गरि अनुसरण गरुन् । सबोर्च्च सद्बोधबाट सुपरीणाम आउने गरि सद्धर्म रूपी परिशुद्धि आधारभूत नीति–नियम र विधिहरू बोध गरुन् ।
सर्वमैत्री मंगलम् अस्तु तथास्तु ।