विश्व मानव समुदायको लागी धर्म संघ गुरुज्युको अमृतमय महा वाणी २०७३ ।

भाद्र १५, २०७४ (31.08.2017) 844

सर्वज्ञ परम पूज्यणीय ‘महा सम्बोधि धर्म संघ’ गुरुज्युबाट मिति २०७३ चैत्र ८ गते लालितपूर जिल्ला, कार्यविनायक न. पा. वडा नः १३ चुनिखेल बुगलमा सम्पन्न भएको विश्व शान्ति मैत्री पूजा महा दर्शन तथा अभिषेक कार्यक्रममा विश्व मानव समुदाएको लागी देशना भएको अमृतमय महा वाणी ।

धर्म संघ
बोधि श्रवण गुरु संघाय
मै मैत्री सर्व धर्म संघाय

शुद्ध चित्तको भावनालाई लिइ कल्पौ कल्प देखि आफ्नो आसनमा धर्मको नीति नियममा रहि पूर्ण निष्ठाका साथ समस्त संघ, धर्म प्रेमी, श्रद्धालु भक्तजन तथा अनुयायीहरुलाई असङ्ख्य धर्म तत्वको बोध गराउदै सर्व जगत प्राणी एवम् लोकको निम्ति यस संसारलाई प्रत्यक्ष रुपमा ‘मैत्री धर्म’ तथा ‘बोधि मार्ग’ दर्शन गराउँदै आइरहेको छु । तथापि यस मानव लोकमा (मनुष्य) अर्थात सम्पूर्ण जगत प्राणीहरु सत्यको समागममा बिमूख भइ सत्य मार्ग बिराएर, देखेता पनि नदेखे झैं भइ रहेका छन् । जगतकै समस्त प्राणी सर्व धर्म एक मैत्री भाव तथा भेदभाव रहित मनुष्यमा रहेको अन्तर आत्माको भौतिक क्लेश रुपी व्यवहारहरुलाई त्याग गरि सत्य धर्मको मार्ग निरावरण गर्नु नै सत्य गुरुको मुख्य उद्वेश्य हो । धर्म भनेको मुक्ति र मोक्षको मार्ग प्रदान गर्ने एउटा अदृश्य सत्य तथ्य तत्व हो । एवम् परमात्मा भगवान वा सर्व बन्धनबाट मुक्ति मोक्ष प्राप्ती गर्नु भइ सकेको गुरुहरु बस्नु भएको लोक अथवा गुरु हो । धर्मको तत्व भनेको सत्य ज्ञानको बोध गराउनु तथा सत्य मार्ग खोज गरी सत्य मार्गमा लिन हुनु हो । धर्म ज्योति हो जुन सर्व प्रकाशवान महा तेज छ । सर्व लोक, ब्रह्माण्ड धर्म तत्वमा अडेको छ । धर्म एउटा स्वार्थ पूर्तिको बाटो नभइ, धर्म सर्व जगत प्राणीको उद्धारको निम्ति मुक्ति र मोक्षको एउटा मार्ग दर्शन हो । तथापि विश्वमा धर्म सदैव अक्षय हुनु नै सत्य तत्व हो ।

धर्मको संज्ञा दिइ संसारलाई अप्रत्यक्ष रुपमा झुट्टो आश्वासन देखाएर सोही मार्गको ढोँग रचि, आफू स्वयम् भ्रममा रहि सर्व जगत प्राणीहरुलाई भ्रममा राख्नु नै संसारलाई लोप तथा अनिष्ट मार्ग बोध गराउनु हो । यस लोकमा हामी भित्र रहेका क्लेश युक्त पदार्थलाई परिशुद्ध गरि सत्य धर्मलाई ग्रहण गरि धर्मगामीको मार्गलाई आफू लगायत अरुलाई बोध गराउनु नै यस मानव लोकबाट मुक्ति मोक्ष प्रदान गर्नु हो । सत्य धर्मलाई बोध गर्नको निम्ति समय सापेक्ष्य बढ्नु पर्ने हुन्छ । तसर्थ कर्मको फलको निम्ति हामी स्वयम् आफैमा निर्भर हुनु पर्छ । लोकको अर्थ नै सत्य र असत्य तथा पाप र पुण्य कर्मको फल हो । समय कालको अन्तराल पछि सत्य धर्म र सत्य मार्ग दर्शन बिच कृतिम रुपी, सम्पूर्ण जगत प्राणीहरु अज्ञानता पूर्ण सांस्कारहरुलाई नै सत्य धर्म मानी तथा परिशुद्ध मार्ग दर्शनको अनुभूतिलाई समेटी अज्ञानताको भुमरीमा भ्रमित भइ यस तत्वहीन भौतिक संसारमा रुमली रहेका छन् भने विवश भइ सत्य मार्ग दर्शनको खोजमा भौतारी रहेका छन् । परन्तु जगत प्राणीहरु स्वयम्ले त्यसलाई पूर्व काल देखी नै सत् धर्म एवम् परिशुद्ध मानी स्विकार्दै आएका छन् । जुन सत्यताको खोज सर्व मैत्री भाव गरि शाश्वत धर्म मार्गको नीति नियम पालना गरेर गुरु प्रति असीमित आदर सम्मानको भावनाद्वारा मन वचनले विश्वास पूर्ण श्रद्धा, भक्ति, आस्थाबाट भावना गर्नुमा रहन्छ । यसैबाट अन्ततः धर्मको यथार्थ बोध हुनेछ । धर्म त्यो होइन जसले क्रोध, लोभ, मोह, स्वार्थ, शोषण, भेदभाव, आरोप, प्रत्यरोप, शंका, उपशंका जस्ता स्वभाव सृजना गर्छ र संसारलाई विनाश गर्ने मार्ग अपनाउछ । धर्म मात्र केवल मैत्री भाव तत्व र सत्य कर्ममा रहन्छ । तसर्थ धर्ममा कुनै भेदभावको तत्व हुँदैन । अाफू स्वयम् लगायत सर्व जगत प्राणीहरुलाई दुःख प्रदान गर्ने तत्वहरु बोध गरि विषको संज्ञा दिएर अन्तर हृदय देखीनै क्षय गर्छ, यो लोकमा नभइ परलोकमा पनि सुखी हुन्छ । धर्म एवम् मैत्री भाव स्थापीत गर्नको निम्ति मैत्री रस दिइ कर्मठ समागममा रहि आफ्नो मात्र नभइ संसारलाई धर्म तत्वको बोध गराउनु पर्छ । अन्ततः संसारमा समय अनुकुल धर्म परिवर्तन भइ सकेको छ ।

धर्ममा मार्ग नै मुख्य रहन्छ । मार्ग विना मुक्ति मोक्ष अब असम्भव छ । भौतिक संसारबाट धर्मको विस्तार भए तापनि धर्मको तत्व दुर्लभ छन् । गुरुले धर्मलाई विरोध गरेको होइन तर यस वर्तमान युगमा आएर ब्रह्माण्डमा मनुष्यहरु स्वयम् स्वार्थ पूर्तिको मार्गले रच्दै आएको कुनीतिहरुलाई सत्य मैत्री धर्म मार्ग दर्शनको क्षण बोध गराएको मात्र हो । गुरुको रुप लौकिक वा अलौकिक रुपमा रहन्छ । संसारमा देखिने सत्य गुरु नै परमात्मा गुरुको वास्तविक रुप हुन् । विश्वमा धर्म गुरुहरुले सत्यतामा रहेर धर्मको शासनमा रहन्छ उक्त धर्म गुरुहरु नै, मात्र वास्तविक धर्मको नेतृत्वमा पर्छ । अाफू असत्य बनेर सत्य तथ्यलाई अवलोकन गर्नु भनेको अाफू स्वयम्लाई एक छलको प्रतिविम्ब मानिन्छ । भगवान मार्ग, मार्ग गुरु, गुरु मार्ग गुरु र परमात्मा गुरुहरुले सत्य युग देखीनै बास गर्दै आएको यस ब्रह्माण्डमा मानव रुपी समस्त वनस्पति तत्वरुपी भएता पनि मनुष्यहरुको लोभ, अहङ्कार, क्लेश, हिंशा र व्यापार जस्ता अन्ततः संसारमा प्रलय अनुगमन भएको यस वर्तमान युगमा पनि सत्य भाव सागरमा रहि सत्य धर्मको अनुसरण नगरी क्लिष्टता रुपमा रहि अहङ्कार, रिस, लोभ, मोह, इर्ष्या, हिंसा, व्यापार, शोषण त्याग नगरे संसारमा प्रलय निश्चित छ । अन्ततः संसारलाई चुनौति पनि हो ।

सत्य धर्म युग पछि प्राचिन कालमा औषधिको भोग महामारीमा सम्पूर्ण मानव जाती रोगले विचलित भइ व्याकुल रहेको अवस्थामा यि सम्पूर्ण वनस्पतिहरु परमात्मा गुरुहरुद्वारा नै अमृतको रुपमा प्रदान गर्नु भइ विष युक्त संसारलाई तथा जगत प्राणीको उद्धार गर्नु भएको हो । मैत्री धर्मको नीति नियमलाई पालना गरेर अखण्ड भाव चित्तमा उत्पन्न गराइ, आफ्नो मात्र नभइ सर्व प्राणीको निम्ति मुक्ति मोक्ष प्राप्त हुने सत् कर्म गरि देव भूमि सुखवति लोक जस्तै सुसम्पन्न बनाइ परमात्मा गुरुहरु प्रतीको अपार आदर सम्मान र विश्वास पूर्ण श्रद्धा, भक्ति, आस्था र अनुभुति तथा बोधद्वारा नै परमात्मा भगवानहरु र मनुष्य आत्मा बिच हुने सुमधुर सम्बन्धलाई अझ उत्कृष्ट बनाउने मार्ग दर्शन नै ‘मैत्री धर्म’ हो । सत्यतामा रहि धर्म पुण्य कर्म गरि धर्मका यिनै विशिष्ट तत्वहरु प्राप्त गर्न सकिन्छ । जो कोही पापले भरिएको संसारमा फसिन्छ त्यसको विनाश सुनिश्चित छ । जहाँबाट कहिल्यै उद्धार हुने छैन । स्वयम् गुरु र धर्मले पनि उद्धार गर्नुमा असमर्थ रहन्छ । जहाँ पुण्यको अस्तित्व अन्त्य भइ सकेको हुन्छ । जसरी यथार्थमा अमूल्य तत्वको महत्वपूर्ण हुन्छ, त्यसरी नै धर्म सत्य तत्व बोध गर्नु भइ मनुष्यहरु स्वयम् अाफैले कर्तव्य पूरा गर्नु पर्छ । गुरुले मार्ग निर्देशित गर्नु भएर मात्र होइन तर मार्गमा यात्रा आफ्नो हो । सम्पूर्ण शील, समाधी, मान, प्रतिष्ठा, प्रज्ञा, सम्यक जीवन, सम्यक आहार, सम्यक दृष्टि, सम्यक वचन, दया, करुणा, विश्वास, श्रद्धा र भक्तिमा निहित रहन्छ । सर्व जगत प्राणीहरु वनस्पतिमा निर्भर छन् भने सम्पूर्ण जगत प्राणी तथा वनस्पतिको सृष्टि परमात्मा गुरुहरुद्वारा भएको हो । संसार अडिनुको मुख्य अन्ततः सत्य धर्म हो । तसर्थ सर्व ज्ञान, शील र धर्मको तत्वहरु यथाशीघ्र सम्पूर्ण जगत प्राणीहरुले त्रुटीरहित सर्बोच्च सत् बोधहरु सुपरीणामका साथ सत् धर्मरुपी परिशुद्ध आधारभूतहरु बोध गरुन् ।

सर्व मैत्री मंगलम् अस्तु तथास्तु
 Prev Speech

भिडियोहरु
अडियो

Thanks! Your translation has been sent.
Error occured sending translation. Probably this translation has already been submitted.