तपो भुमी हलखोरियामा मिती २०६८ साल चैत्र महिना ८ गतेको दिन, विश्व शान्ति मैत्री पूजा कार्यक्रममा धर्म संघ गुरुज्युद्वारा भएको धर्म देशना ।

चैत्र ८, २०६८ (21.03.2012) 378

धर्म संध

नमो वोधि श्रवण गुरु धर्म संघाय

नमो मैत्री सर्व धर्म संघाय

सत्य धर्मको अनुसरण गर्दै विशुद्ध मार्गको खोजमा विश्व शान्ति मैत्री पूजामा एकिकृत सम्पूर्ण धर्म प्रेमि अनुयायीहरुलाई मैत्री मंगल गर्दै, समस्त जगत प्राणीको दुःख र सन्तापबाट उन्मुक्त गराउन गुरु मार्गको रुप लिई, मैत्रीय मिती तदानुरुप ३५ हजर वर्ष अगाडी अवतरण भएको ‘वोधि श्रवण धर्म संध’लाई प्राण–प्रतिष्ठान गर्दै, विश्वलाई यूगौं पछि साश्वत् धर्मको सन्देश दिई रहेको छु । एउटा फूलको आफ्नो सौन्दर्य र सुगन्घ समस्त सृष्टिमा निर्विवाद रुपले अर्पण–समर्पण गरे मात्र त्यसको अस्तित्व रहे झैं मनुष्यले आफ्नो जीवनबाट काम, क्रोध, लोभ, मोह, अहङ्कार, हत्या, हिंसा र अन्य क्लेशहरु नष्ट गरी सत्य धर्मको नीति–नियम पालना नगरे सम्म धम्मको अर्थ सुगन्घ फूल फूल्न सक्दैन । २०६२ साल जेष्ट २ गते देखि २०६८ साल जेष्ट २ गते सम्म धर्मको कठोर अभ्यास र आसनहरु गरिरहदा सत्य मुक्ति–मोक्षको मार्ग बनेर संसारको निमित्त आत्मा साथ गर्दै, रत्तिभर चित्तलाई विचलित नगरी पूर्ण निष्ठाका साथ मैत्री ध्यानमा समाधिष्ठ हुँदा अवतरित भएको मार्ग हो, ‘वोधि श्रवण धर्म संध’ । ‘वोधि श्रवण’ अर्थात सत्य तथा गुरु तत्वको वोध हुनु हो । अस्तित्वगत् तत्वको पहिचान हुनु हो वा सर्वज्ञानले यूक्त हुनु हो । तथा ‘धर्म संध’ शब्दले लोक–लोकत्तरका सर्व गुरुलाई सम्वोधन गर्दछ । ‘वोधि श्रवण धर्म संध’ अर्थात समस्त गुरुहरुले ‘बोधि मार्ग’, ‘मार्ग गुरु’ र ‘गुरु मार्ग’बाट बोध गर्नु भएको वा ज्ञान प्राप्त भएको हुनाले ‘बोधि श्रवण धर्म संध’ नामकरण गर्नु भएको हो । यस गुरु मार्गको लक्ष्य संसारका असंख्य प्राणीहरुको दुःखबाट मुक्त गराई, अनन्त कालसम्म सत्य धर्म मुक्ति–मोक्षको मार्गहरु प्रतिपादन गराई लोकमा मैत्री भाव फैलाउनु हो । श्रद्धा, विश्वास र आस्थाको मार्गमा शरीर, बचन, आत्मालाई शुद्ध गरी शिलको पालना गर्नाले मनुष्य जीवनमा अमनुष्य दिव्य रत्ति प्राप्ती हुँनेछ । धर्म, शान्ति, अहिंसा, समझदारी र मैत्री भाव स्थापित हुनको निमित्त मनुष्यहरुले त्याग्नु पर्ने निम्न कुराहरु जस्तै काम, क्रोध, लोभ, मोह, इष्र्य, हत्या, हिंसा, अहंकार, कलह, धृणा, तिरस्कार, अवमूल्यन, असन्तोष, अविश्वास, शंका, भ्रान्ति, मिथ्या दृष्टि, स्वार्थ पूर्ति, दुष्ट वचन, कूलत, कुसंगत, कुकर्म, दुष्कर्म, भूत–प्रेत, बाधा–अड्चना, असत्यलाई सत्य र सत्यलाई असत्य तुल्याउने, धर्म, जाति, क्षेत्र, समुदाय र संधहरुमा भेदभाव र फाँटो ल्याउने । मेरो, आफ्नो, हाम्रो, गाउँ, इकाई, नगर, राष्ट्र, अन्तराष्ट्र हुँदै विश्वभरी नै भ्रान्ति फैलाएर भ्रमको खेति गर्ने । धर्म, अध्यात्म, अध्यन, दर्शन ज्ञानको नाममा हत्या, हिंसा, कुकर्म, दुष्कर्म र अशान्तिलाई अङ्गिकार गरी मानव सभ्यता विच अस्तित्वमा नभएको भ्रमको जन्जाल, भेदभाव तथा मतभेदको पर्खाल खडा गर्ने आडम्बरी ज्ञानहरु हुन् । यूगौ देखी संसारलाई भ्रमित पारि भ्रम फैलाउनेहरुबाट सचेत भई विगतमा अन्योल परेका समस्त संध, धर्म प्रेमी अनुयायीहरु तथा सत्यको खोजिहरुलाई सत्य धर्म गुरु मार्गको अनुसरण गर्न र गराउन अनुमोदन गरी रहेको छु । सत्य धर्म गुरु मार्गको अनुशरण गरी सत्कर्म गरेमा आफ्नो पुर्वको कर्म अनुरुप आईपर्ने मारहरु अपाङ्ग, लाटो, बहिरो, अन्धो जस्ता जन्मजात वा जन्म पस्चात आफु वा आफ्नो सन्ततिहरुमा आउन सक्ने दुष्परिणामलाई सत्यमा रहि सत्यको प्रतापले नष्ट गर्न सकिन्छ । मनुष्यको अति नै अन्तरात्ममा गढेको क्लेशहरु नष्ट गरि, शुद्धी गराइ आफु र अरुको उद्धार र मैत्री भाव फैलाउनको निमित्त यो शिलहरु दिई रहेको छु ।

1.    नाम, रूप, जाति, धर्म, वर्ण, वर्ग, लिङ्ग, आस्था, समुदाय, राष्ट्र, शक्ति, पद, योग्यता आदिको अधारमा भेदभाव कहिल्यै नगर्नु तथा भौतिक, आध्यात्मिक भन्ने मतभेदहरु त्याग्नु ।

2.    शास्वत धर्म मार्ग र गुरुको पहिचान गरि, सर्व धर्म र आस्थाको सम्मान गर्नु ।

3.    असत्य, आरोप, प्रत्यारोप अवमूल्यन तथा अस्तित्वहिन वचन गरेर भ्रम फैल्याउन त्यग्नु ।

4.    भेदभाव तथा मतभेदको सिमाङ्कन गर्ने दर्शन वा बाटोलाई त्यागी सत्य मार्ग अपनाउनु ।

5.    जिवन रहुन्जेल सत्य गुरु मार्गको अनुसरण गदै, पाप कर्महरु त्यागी, गुरू तत्वको समागममा सदा  लीन रहनु ।

6.    आफुले प्राप्ती नगरेको तत्वलाई शब्द जालको व्याख्याले सिद्ध गर्न नखोज्नु तथा भ्रममा रहेर अरुलाई भ्रमित नपार्नु ।

7.    प्राणी हत्या, हिंसा जस्ता दानविय आचरण त्यागी सम्यक आहार गर्नु ।

8.    राष्ट्रिय पहिचानको आधारमा मानिस वा राष्ट्रप्रतिको संकिर्ण सोच नराख्नु ।

9.    सत्य गुरु मार्गको अनुसरण गर्दै, आफु लगायत विश्वलाई लाभान्वित हुने कर्म गर्नु ।

10.    सत्यलाई उपलब्ध भई गुरु मार्ग रूपलिई, समस्त जगत प्राणीको निमित्त तत्व प्राप्त गर्नु ।

11.    चित्तको उच्चतम् र गहनतम् अवस्थामा रहेर अनेकौं शिलहरुको आत्मा बोध गरि सम्पूर्ण बन्धनबाट मुक्त हुनु ।

यो शिलहरु सर्व मनुष्यले आत्मा साथ गरी, अभ्यास गर्दै आफू लगायत समस्त जगत प्राणीको उद्धार गर्नु । यो शिलहरु भनेको बन्धनमा बाध्ने नभएर बाँधिएको समस्त बन्धनहरुबाट मुक्त गराउने मार्ग हो भनि साराले बोध गरुन् । जो कोहिले सहि ढंग सत्य, आस्था, श्रद्वा र विश्वासले गुरु मार्गको अनुसरण गर्नेछ, उसले क्रमशः आफ्नो प्रकृति र लोक–लोकत्तरको सहस्य बोध गर्दै सर्व ज्ञानले युक्त भई अभूत पूर्व आनन्द र मैत्री भावमा जिवनचर्या गर्नेछ । मनुष्यले तत्व प्राप्तीको निमित्त सम्यक जिवन जीउनु पर्दछ । सम्यक जीवन जिउनको निमित्त सम्यक आहार पनि उत्तिकै आवश्यक पर्दछ । आफू र अरुको अनिष्ट गर्ने आहार सर्व श्रेष्ठ प्राणीमा गनिने मनुष्यले किन गर्दैछ ? आफू र अरुको अनिष्ट गर्ने आहारहरु त्यागि सम्यक आहार गर्नु तथा सर्व प्राणीहरुलाई आफु सरह हेरौं र बोध गरौं । अन्ततः विश्वभरीका श्रद्धालु भक्तजन, धर्म प्रेमी, शान्ति प्रेमी तथा सत्यको खोजिहरुलाई मार्ग दर्शन गराई आस्था, श्रद्धा र विश्वासको सेतुहरु जोडी विश्वभरी मैत्री भाव फैलाउनको निमित्त, अबको आउने समयमा गुरु भ्रमण पनि हुने नै छ ।

सर्व मैत्री मंगलम् अस्तु, तथास्तु ।।
 Prev Speech Next Speech 

भिडियोहरु

Opening Speech For The World Peace Maitri Puja On March 21, 2012

चैत्र ८, २०६८ (21.03.2012)
फोटोहरु

World Peace Maitri Puja (Prayers) in Halkhoria in 2012

चैत्र ८, २०६८ (21.03.2012)

Thanks! Your translation has been sent.
Error occured sending translation. Probably this translation has already been submitted.