पुज्यनीय महा सम्बोधि धर्मसंघ गुरुज्युबाट सम्पूर्ण संघहरुको लागी प्राप्त मैत्रीधर्म सन्देश ।

चैत्र १८, २०७९ (01.04.2023) / Updated on चैत्र २२, २०७९ (05.04.2023) 1616

मिति २०७९ चैत्र, आठ गते १८ औं विश्व शान्ति मैत्री दिवसको दिनमा पुज्यनीय महा सम्बोधि धर्मसंघ गुरुज्युबाट सम्पूर्ण संघहरुको लागी प्राप्त मैत्रीधर्म सन्देश ।

सर्वप्रथम आजाको यस दुर्लभ मैत्री दिवसमा, आयोजित १८ औं विश्वशान्ति मैत्री पूजा कार्यक्रममा, हरेक संकट र चुनौतिहरु पार गर्दै, संघर्षशील सम्पूर्ण शिष्य, संघ भक्तजनहरुलाई यस मैत्रीधर्म सन्देश मार्फत, वर्तमान परिस्थितिलाई नियाली, आवश्यक जानकारी सहित समस्त लोकले मैत्री मुक्तिमोक्ष प्राप्त गरुन् भन्दै हार्दीक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छु ।

तिनै विचाराधीन कार्य अवस्थाहरुमा उत्पन्न अवरोध अनि संघर्ष पूर्ण दुःखद् क्षणको बाबजुत पनि किञ्चित् आत्मा विचलित नबनाइ, अपार बिश्वासका साथ परमात्मा भगवानको शरणमा, सत्य मैत्रीधर्म गुरुको अनुसरण गरि एक भाव र एकबद्ध जनाउँदै, अहिंस्रक कर्म कर्तव्यहरुमा अविरल धर्म शील र सिद्धान्तलाई आत्माबोध गरि, मुक्तिमोक्षको मार्गमा तल्लीन समस्त धर्मगुरु शिष्य लगायत संघ भक्त अनुयायहरुमा अपार आशीर्वाद, साथमा शैज्ञी वाइङ्ख्या ।

मुक्ति र मोक्ष प्राप्तिका असंख्य सकरात्मक अध्यात्म दर्शन तथा भौतिक आवश्यक विषय तत्वज्ञान प्राप्ति परमात्मा भगवानहरुको शरणमा रहन पाउनु अहोभाग्य हो । प्रत्येक मनुष्य आत्माले मैत्रीधर्म शील, नीतिलाई प्रतित गरे प्राप्त दुर्लभ जीवन सार्थक बन्न सक्छ ।

अध्यात्मिक विकाश क्रमको मूल्यङ्कन गरी, निश्वार्थ भाव सर्व हितको निमित्त सत्कर्म गरे, अवश्य नै अपार धर्मपुण्यको वृद्धि संगै संसारीक जीवन पनि सुखमय बन्नेछ । ना कि धर्म मार्गमा आर्थिक आर्जन गर्न लोभलालचा र प्रलोभनमा परि धर्मलाई राजनीतिकरण, धार्मिक संघ संस्थाको दुरुपयोग जालझेल, छलकपट र आफूले भने, सोचे बमोजिम नभएपछि फसाउने, दमन गर्ने र गराउने जस्ता कयौं दुष्कर्ममा लागी परे प्राप्त यो क्षणिक जीवनको सुख पनि लोप भएर जानेछ । तसर्थ धर्ममार्गमा धनसम्पत्ति आर्जन गर्ने हेतुले यात्रा गरे अध्यात्म ज्ञानको विकाशबाट लोप हुनु हो ।

संसारमा कयौं विषय वस्तु, सुखसुविधाले मानव जीवन सम्पन्नता छ नै, तर भरिपूर्ण भने कहिल्य हुन नसक्ने । सर्व साधारण देखि ऐश्वर्यवान् व्यक्ति नै किन नहोस, क्षणिक सुख बाहेक, आत्मा सदा सन्तुष्ट रहन नसक्ने यो लोकको अकाट्य सत्य हो । अन्ततः जीवनको महानता मात्र त्याहाँ छ, जो मुक्ति र मोक्षको मार्गमा विचलित नभइ निश्वार्थ भावले, सर्व हितार्थ मैत्रीधर्म र गुरुको अनुसरण गरी लागी परेको हुन्छ ।

आफू भित्रको चित्तभाव सकरात्मक भए, सर्व अवस्था सहि भएको हुन्छ । सत्यता गर्दा कयौं कठिनाइ या अवरोधको सामना गर्नु पर्ने हुन्छ, चाहे एक्लो नै किन नहोस् । जसरी अंकहरुमा सुन्यको पनि महत्व भए झैं अन्ततः जित सत्यकै छ ।

कठिनाइ सित जुझ्नु पक्कै पनि सहजता छैन । तर संघर्षको फल भने मजबुत हुन्छ । त्यसैले मानवीय दुःखको मूल जड तत्व नै असन्तुष्ट भाव हो । र ति कयौं दुःखहरु मध्य जीवनको सत्यतालाई बोध नगर्नु पनि एक प्रमुख हो ।

अन्तर मन सन्तुष्टि भइ रहन सके, सुखमय जीवन जिउने उर्जा प्राप्त छ । अनि यथार्थ सन्तुष्टि र खुसि मात्र त्यहाँ हुन सक्छ, जहाँ अरु कुनै दोस्रोको कारणले प्राप्त क्षणिक खुसि नभइ, सदा आफू भित्रै देखिन् नकरात्मक क्लेश युक्त विष तत्वबाट अलग रही सकरात्मक विषयहरुको खोज गर्दै धर्मकर्म गर्दछ ।

मानव जगत कयौं क्लेशित रोगहरुबाट ग्रसित छन् । मनमा पटक्कै शान्ति छैन । यसको कारण भने हामी आफू स्वयं नै हौं । तर आफू भित्रको आत्मादोष बोध गर्नुको बदला अन्यलाई दोष थुपारी रहेका हुन्छौं । गलत विचारधाराको बढावा, सत्य मैत्रीधर्म नीति र शील विपरीत अनुशासन रहित गुरु वचनको उलङ्घन, लापरबाहिको परिणाम स्वरुप अन्ततः दुःख नै प्राप्ति छ । तथापी सत्य मैत्रीधर्म तथा परमात्मा भगवानको शरणमा निष्कलङ्क, क्लेश मुक्त आत्मा बनाइ जबसम्म धर्म नीतिको कार्यन्वयन गरिदैन, मानव आत्मा पूर्ण रुपमा स्वस्थ र सन्तुष्ट हुन सक्दैन ।

मानवले क्षणिक स्वार्थमा अधिक प्राकृतिक स्रोत साधनको विनाश गर्दै जानु, उक्त अनियन्त्रित गलत धारणाको परिणामले कालान्तरमा अन्य कयौं प्रकारको क्षति निम्त्याइ रहेको हुन्छ । वनस्पति तथा अन्य स्रोतको विनाश मात्र नभइ, कर्तव्यहिन अमानवीय आचरणको तिव्र प्रभावले मानवबिच हुँदै, गाउँघर समाज, राष्ट्रहरुमा गोलाबारुदको युद्ध, हत्याहिंसा जस्ता घटनाक्रम र एकअर्कामा घमण्ड पूर्ण बदला भावको नकरात्मक परिणाम स्वरुप धरतीको कण कणमा विनाशकारी दुःखको कालो बादल छाएको छ ।

धरती हाम्रो जीवन जीउने धरातल, जसको संरक्षणको दायित्व भनेको हामी सबैका हौं । गुरुले मार्ग दर्शन देखाइ सकेको हुँदा, मुर्खतापूर्ण यात्राबाट विमुख हुँदै जानु आफू विनाशको प्रतीक हुन् । मनुष्य जगतलाई सर्वबोध नै छ । दुर्लभ जन्म र मृत्यु यही लोकमा मात्र निश्चित भएको कारण कर्र्म राम्रो गर्नु पर्छ । मानव जगतमा परमात्मा धर्म, कर्म, जीवन बाँच्ने आधार आहारविहार, हावा, पानी, माटो एकसमान हुन् भने मानव आत्मा एक किन हुन नसक्ने ?

चित्त प्रसन्नताको मुख्य कारक तत्व दयामाया, करुणा अमृत समान हुन् । यसबाट प्राप्त सकरात्मक उर्जा, जसले अन्तरात्मामा धर्म दिप ज्योति अविरल कायम गराइ, अध्यात्म या भौतिक हरेक स्थितिमा, चाहे मानवद्वारा नै खडा गरिएको अवरोध किन नहोस, आत्माबलका साथ आफ्नो लक्ष्यमा पुग्न सहजता बनाइ दिन्छ ।

परमात्मा धर्म नीति अनुसार मानव जीवन नै एक महा परिक्षाको घडी हो । जीवनमा हरेक कठिनाइहरु आइ रहनु स्वभाविक पनि हो । विशेषतः धर्ममार्गमा आउन सक्ने हरेक कठिनाइ भरि परिक्षा पार गर्नलाई भने त्यति सहजता हुन्न । जीवनको अन्तिम सास रहे सम्म मार्गमा टिकी राख्न सके मोक्ष लोक प्राप्त निश्चित छ । अध्यात्मिक यात्रामा, आफ्नो गन्तव्य पुग्न नपाउँदै कोहि बिच बाटोबाटै टाढिन खोज्छन् र दुर्भाग्यवस कतिपय टाढिन्छन् पनि । समयलाई हेरी परमात्मा भगवान गुरुहरुबाट लौकिक या अलौकिक अथवा दृष्य या अदृष्य कयौं परिक्षाहरु, जसको कारण विश्वास, श्रद्धा, भक्ति, आस्थाको लेखाजोखा भइ नै रहन्छ । त्यसैगरी शिष्य संघभक्तमा पनि मार्ग दर्शन अनुरुप प्रत्यक्ष या अप्रत्यक्ष लिखितम या मौखिक रुपमा जिम्मेवारी सुम्पिएको हुन्छ । तर मार्गमा विचलित भइ, परमात्मा सिद्धान्त विपरीत, प्राप्त जिम्मेवार देखि टाढिएर, उच्छृङ्खल वातावरण सृजना गरी अहंकार पूर्ण कार्य गर्नु भनेको क्षणिक स्वार्थमा आफ्नो विनाश आफै निम्त्याउनु हो ।

अर्थहिन जीउँदो लास झैं बनी, मानवता बिच विरोध, भेदभाव, छुवाछुत र समाजमा रहेका यस्ता अनवाश्यक संस्कार रीतिथिति भनेको अहंकारले भरिपूर्ण एक विकृती हुन् । मानव जगतमा परमात्मा धर्मकर्मको यथार्थ बोध गरी लागी परे, ति अव्यवहारिक चरित्रहिन कर्म कदापि गर्न सक्दैन ।

मैत्री अर्थात मित्रता, साथमा एक अर्का प्रति दयामाया र करुणा भाव, आफू स्वयंको रुप रंङ्गमा मात्र झल्कने नभइ, अन्तरात्मा देखिकै भावनात्मक सोचविचार सकरात्मक हुन सक्नु पर्छ । अनि मात्र त्यहाँ आत्मा शान्ति प्राप्त छ । जन्म र मृत्यु बिचको जीवन संघर्षमा कहिले तितो त कहिले मिठो, कयौं उतारचढाव भइ रहनु कर्म अनुसार परमात्मा भगवानबाट प्राप्त भएको वरदान हुन् भन्ने आत्माबोध गर्न नसक्नु नै आत्मामा अधिक घृणा, अहमता, डाहा, ईष्र्या जस्ता क्लेश रुपी तत्वको कारण नै हुन् ।

यद्यपी निश्वार्थ मैत्रीभाव युक्त दयामाया र करुणा मानवतामा उत्पन्न हुन नसके, धरतीमा शान्ति कायम हुन सकिदैन । मानवताको अहमता, डाहा, लोभ जस्ता भाव नै शान्तिको विरुद्धमा रहने विष तत्वहरु हुन् । तसर्थ सर्वमैत्री भाव युक्त दयामाया र निश्वार्थ मित्र भाव सर्व लोकमा कायम होउन् ।

यस मानव जगतमा शत्रु भन्ने कोहि छैन र हुँदैन पनि । मानवता बिचमा शत्रुता पूर्ण भाव दृष्टि र व्यवहार लिनु एक क्लेश युक्त महा रोगको सिकार हो । यसले आत्मामा नकरात्मक भाव तत्वको सृजना गरि रहन्छ । उक्त विकृत भाव तत्वलाई आत्मा देखि नै बहिस्कार गरी लोकमा मित्रताको हात बढाइ, जगत कल्याण हेतु शान्ति सुनिश्चित गर्नु पर्छ ।

अमूल्य मानव जीवनमा सुख र दुःख एकै सिक्काका दुइ पाटा झैं हुन् । सुखलाई हामी सहर्ष स्वीकार गर्छौं । तर दुःखको भने सामना गर्न कठिन मान्छौं । त्यसपछि आफू भित्रको चित्तलाई सम्हाल्न गाह्रो भएको हुन्छ । वास्तवमा सुख र दुःखलाई आत्मा सन्तुष्ट बनाइ सहर्ष स्वीकार गर्न सक्नु पर्दछ । र जीवनको सबैभन्दा ठूलो शत्रु हामी भित्रकै ति असन्तुष्ट स्वभाव भएकाले, जसको परिणाम क्लेश युक्त रोगको सिकार हुने हुँदा, रोग लाग्नै दिनु हुँदैन । यदि रोगको सिकार भइ हालेमा अन्तर मनमा चिढचिढाहट रिस, घमण्ड आदिको तिब्र वृद्धि हुँदै अन्ततः ठुलो दुर्घट्ना हुनु हो ।

जीवन स्वास्थ्य रहनको लागी धर्मज्ञान, जप, तपध्यान महत्वपूर्ण विषय भएकोले मैत्री भावपूर्ण कर्मनिष्ठाका साथ, सत्यताको खोज गरी बोध गर्न आवश्यक रहन्छ । मनुष्यले आफ्नो अमुल्य गुण विशेषता बोध गरी, संसारीक विषय सुख भोग कार्यमा लिप्त हुनु भन्दा, धर्मकार्यमा ज्यादा रहनु उक्त मानवीय गुणको महत्व सार्थक सिद्ध हुनु हो ।

हामी मानव वास्तवमै आवश्यकता भन्दा बढि सोच्ने र बोल्ने गर्छौं । अनि त्यहाँ नकरात्मक विषयको चासो र खोज बढि हुन थाल्छ । परिणाम वर्तमानमा अधिक मानसिक रोगको सिकार हुनुको एउँटै दोष, सकरात्मक भन्दा पनि गलत विचारहरुको कार्यन्वयन बढि भएकोले भन्ने बोध गर्न अति आवश्यक छ । धर्म शील, नीतिको पालना र निस्वार्थ भाव सर्व हितको चिन्तनमननले परमात्मा आशीर्वाद प्राप्त भइ, मानसिक विकार तथा जान अन्जानबस भएका त्रुटिहरु पनि सुधार हुँदै लान सकिन्छ ।

हामी मानवका जीवन जिउने आधार एउटै हुन् । जीवन भर मेहनत संघर्ष गरि जीवनयापन गर्नै पर्ने हुन्छ । तर जगतमा शान्ति, मैत्रीभाव अर्थात मित्रता कसरी कायम गर्ने भन्दा पनि आर्थिक आर्जनमा मात्र केन्द्रित भएको पाइन्छ । मृत्यु पश्चात आत्माको के कस्तो अवस्था रहला, यथार्थमा मुक्तिमोक्ष प्राप्त हुन्छ या हुँदैन चिन्तनमनन गर्नु पर्दछ । अन्ततः जीवनमा छलकपट, हत्याहिंसा जस्ता दुष्कर्म जानीबुझी गरे पाप कर्मको फल परलोकमा भोग्नु पर्ने छदै छ, यो लोकमा समेत जीवनमा भोग्नु निश्चित छ ।

ध्यान के हो ?

ध्यान शरीर र आत्माको एक योग भन्ने बुझिन्छ । एक चित्त शान्त, निष्कलङ्क क्लेश रहित निश्चल भावनामा, परमात्मा भगवानको शरणमा आत्मा केन्द्रित गरी, प्रत्यक्ष उहाँको साक्षीमा आफू भित्रको सकरात्मक भावलाई, सर्व हितको निमित्त सफल तुल्याउने एक प्रकृया ध्यान विधि हो ।

अध्यात्मिक ज्ञान के हो ?

जीवनको हरेक सुखदुःखमा धैर्यता, अनुशासन, इमानदार, सचेत पूर्वक व्यवहार सर्व जगत हितको कामना साथै अपार दयामाया र करुणा भाव पुर्ण परमात्मा शरणमा गुरुधर्म साक्षी राखी उद्वेश्य प्राप्तिको लागी अपनाइने जप, तप, ध्यान, प्रार्थना विधि अध्यात्मिक ज्ञान हो ।

मनुष्य जीवनमा आत्मा शान्ति र सहनशीलताको अति आवश्यक भएको कारण हरेक परिस्थितिमा आफ्नो चेतनालाई गुमाउनु हुँदैन । यो नै अध्यात्म ज्ञानगुण र पुण्य प्राप्तिको सर्वश्रेष्ठ सूत्रहरु हुन् ।

अन्तमा यो लामो समयको अन्तरमा सर्व लोकमा चासोको विषय बनेकै छ । तर गुरु आफ्नो कार्य जिम्मेवारी प्रति अडिग रहि जगत हितका कयौं कार्यहरुको वृद्धि, विकाश गरि रहेको जानकारी यसै सन्देश मार्फत यहाँहरु माझ अवगत गराउन चाहान्छु ।

अबका आउने दिनहरुमा गुरु स्वयंबाट तपाइहरुले अपेक्षा गरे बमोजिम उच्चकोटिको अधुरो रहेको मैत्रीधर्म ज्ञानगुण र मार्ग दर्शनको पूर्ण रुप, जगत माझमा विस्तार गराइने छ । र गुरु स्वयं उपस्थित भइ मैत्रीधर्म शान्तिको सन्देशका साथ विश्वलाई मैत्री आग्रह हुनेछ ।

सर्वमैत्री मंगलम अस्तु तथास्तु ।।
समाचार

गुरुहरु प्रतिको अपार अदार सम्मान

सर्वज्ञ परम पूज्यणीय महा सम्बोधि धर्म संघ गुरुज्युको कोमल चरण कमलमा अनन्त सेवा ढोग गर्दछौं । मानवताको पहिलो रुप नै धर्म हो र यो भन्दा अन्य रुप हुन

Thanks! Your translation has been sent.
Error occured sending translation. Probably this translation has already been submitted.