धर्म संध
बोधि श्रवण धर्म संघाय
नमो मैत्री सर्व धर्म संघाय
सत्य धर्म र गुरुको अनुशरण गर्दै वर्तमान यो समयमा यहाँ उपस्थित–अनुपस्थित समस्त आत्माहरुलाई मैत्री मंगल गर्दै, लोक कल्यण एवं प्राणीधानको यस महा मैत्री मार्गमा आत्मा, शरीर, वचन र गुरुको साक्षी भई शास्वत धर्मको उद्धोष गरि रहेको छु । शास्वत सास भएको अजर, अमर, अविनाशि तत्वलाई बोध गर्नको निमित्त चित्तमा मात्र एकसुर धर्मलाई लिएर जीवन चर्या गर्नु पर्दछ । धर्म शब्द पूर्णतया आफैमा पर्याप्त छैन, कसरि धर्म मात्र एउटा शब्दमा अटाउन सक्छ ? जुन धर्म तत्वमा समस्त लोकहरु अडेको छ । धर्म कुनै बुझ्ने तत्व नभएर बोध गर्ने सत्य हो । मनुष्यहरु विचमा मात्र नभई, चराचर जगत प्राणी एवम् वनस्पति सम्म समागममा रहि दया, करुणा, प्रेम र मैत्री भाव गर्न सके, मैत्री भावको रस सेवन गर्न सके, अपूर्व मैत्री भावमा जिवन चर्या गर्न सकिन्छ । फलस्वरुप जीवन उपरान्त मुक्ति र मोक्ष प्राप्ती हुँनेछ । धर्मको नममा प्राणी हत्या, ऋद्धि–चमत्कारि देखाउनु, तन्त्र–मन्त्र गर्नु मात्र क्षणिक स्वार्थ पूर्तिको बाटो हो । धर्म मात्र त्यो हो, जसले प्राणीलाई भेदभाव रहित कर्म अनुरुप मुक्ति र मोक्षको मार्ग प्रदान गर्छ । परापूर्व कालदेखि लोकमा मनुष्यहरु भव सागरमा रूमलिएर तत्वहिन वस्तु र मार्गमा तत्वरुपी मनुष्य चोला लिएर पनि कल्पौंदेखि जान–अन्जानमा भौतारी रहेका छन् । किनकी पुण्यवान आत्माहरु जो कि शरणमा रहि सत्य मार्गको अनुसरण गरिरहेका छन् । एवम् गुरु स्वयम् पनि पूर्ववत हजारौ बुद्धहरु भन्दा उच्च गुरुहरुको धर्म शासनमा रहि आएको छ । भावि दिनहरुमा गुरु र धर्मको दर्शन गराउदै जाने नै छु र सदा गराई रहेको छु । असंख्य भाव सागरमा रुमलिएर तृष्णा वस संञ्चित गरेको कर्महरुको निवारण गर्नको निमित्त धर्मको शासनमा रहि, सुद्ध चित्तको भावना गर्दै, अखण्ड रुपले किञ्चित पनि विमुख नभई गुरुमार्गमा लागी पर्नु पर्दछ । म र मेरो भन्ने लोभ र अहंकार निभाउने ममतालाई त्यागेर सर्वप्रणी लोकको निमित्त अनाश्रव भावना गर्दै जिवन यापन गरेमा मात्र मुनुष्य जिवन सफल हुनेछ । अन्ततः लोकमा आउनुको उद्वेश्य के हो ? खोज कुन तत्वको हो ? सम्पूर्ण अस्तित्व लगायत अफु स्वयम् प्रतिको दायित्व र धर्म के हो ? आत्मा परमात्मा विचको सेतुहरु के हुन ? यस्ता असिम र सुख क्षणको अन्तर खोजमा जिवनको कालचक्र व्यतित गर्नु पर्दछ, ना कि क्षणिक विलासीता र भौतिक वन्धनहरु मात्र, अन्ततः भेदभाव रहित एक प्राणी, एक जगत, एक भाव, धर्म, एवम् मैत्री भाव स्थापित गर्दै, लोकलाई धर्म ध्वनिमा अल्पित गर्न र विश्वभरिका असंख्य व्याकुल मानवहरुलाई मैत्री रसले तृप्त गराउदै मार्ग दर्शन गराउन आउने समयमा गुरु भ्रमण हुने नै छ । गुरु सत्य छ, किनकि गुरु धर्ममा छ । मात्र गल्ती एउटै भौतिक संसारमा गुरुबाट धर्मको शासन विस्तार भएको छ । जे छ, सत्य छ ।
सर्व मैत्री मंगलम् अस्तु, तथस्तु ।।