सर्वज्ञ परम पुजनीय महा सम्बोधि धर्म संघ गुरुज्युको जन्मदिन

चैत्र २७, २०७७ (09.04.2021) 122



वि.सं. २०७७÷१२÷२७

(बोधिमार्ग दर्शन मैत्री धर्मका) प्रतिपादक सर्वज्ञ परम पुज्यणीय महा सम्बोधि धर्म संघ गुरुज्युको, ३१ औं वर्ष पार भइ ३२ औ वर्षमा प्रवेश भएको आजको यस शुभ जन्मोत्सवको सुअवसरमा उहाँको सुस्वास्थ्य र दीर्घायुको अपार कामना साथसाथै, उहाँको कोमल चरण कमलमा अपार आदर सम्मान विश्वासपूर्ण श्रद्धा, भक्ति र आस्था भाव अनि सर्व मैत्री भावपूर्ण प्रार्थनाको साथमा असङ्ख्य पुष्प अर्पण, दीप प्रज्वलित गराई दुई हस्त जोडी कोटि कोटि प्रणाम गर्दछौं ।

उहाँ धर्म संघ गुरुज्युले, जगत् कल्याण हेतु सृष्टि भएको बोधिमार्ग, मार्गगुरु र गुरुमार्ग दर्शन मध्य गुरुमार्ग दर्शनमा आधारित सन्यासी गुरुमार्ग, सन्यासी महा माआत्मा गुरुमार्ग, गृहस्थी माआत्मा गुरुमार्ग र सर्वसाधारण गुरुमार्ग गरि आवश्यक मार्ग दर्शन पालनाको आधारमा प्रदान गरि मानव आत्माको लागी परम मोक्षको स्थान सुनिश्चित गराउनु भएकोमा हामी सम्पूर्ण मैत्री धर्म प्रेमी अनुयायीहरु अन्तर आत्मा देखि नै उहाँप्रति अपार कृतज्ञता ज्ञापन गर्दछौं ।

।। कोटि कोटि प्रणाम ।। ञइङेस लोपंम ङयूस ।। 
समाचार

गुरुहरु प्रतिको अपार अदार सम्मान

सर्वज्ञ परम पूज्यणीय महा सम्बोधि धर्म संघ गुरुज्युको कोमल चरण कमलमा अनन्त सेवा ढोग गर्दछौं । मानवताको पहिलो रुप नै धर्म हो र यो भन्दा अन्य रुप हुन

विश्व मानव समुदायको लागी धर्म संघ गुरुज्युको अमृतमय महा वाणी २०७३ ।

सर्वज्ञ परम पूज्यणीय ‘महा सम्बोधि धर्म संघ’ गुरुज्युबाट मिति २०७३ चैत्र ८ गते लालितपूर जिल्ला, कार्यविनायक न. पा. वडा नः १३ चुनिखेल बुगलमा सम्पन्न भएक

विश्व शान्ति मैत्री पूजा महा दर्शन तथा अभिषेक

सर्वज्ञ परम पूज्यणीय “महा सम्बोधि धर्म संध” गुरुज्युको विश्व भ्रमण हुनु अगावै, नेपालमा हुने अति महत्वपूर्ण दुर्लभ “विश्व शान्ति मैत्री पूजा महा दर्शन”

Thanks! Your translation has been sent.
Error occured sending translation. Probably this translation has already been submitted.