सर्वज्ञ परम पुजनीय महा सम्बोधि धर्म संघ गुरुज्यू

चैत्र २५, २०७६ (07.04.2020) 134

सर्वज्ञ परम पुजनीय महा सम्बोधि धर्म संघ गुरुज्यू यस पृथ्बीमा सत्य धर्म मार्ग दर्शन पुनः स्थापनाका लागी लौकिक र अलौकिक रुपमा २०४६ चैत्र २७ गते पूर्णिमाको दिन रतनपुर, बुङ्गजोर, बारा, नेपालमा अवतरण हुनुभएको आज ३१ बर्ष प्रबेशको यस महान अवसरमा उहां गुरुज्यूमा असंख्य नमन अर्पण गर्दछौं । धर्मको अस्तित्वमा विद्यमान सम्पूर्ण ज्ञान–गुण अर्थात सर्व बोध सम्पन्न, महा मैत्रीभाव करुणा निधान गुरुज्यूको लौकिक र अलौकिक उपस्थितिले यस लोकका सम्पूर्ण मानव जगत, पशुपन्छि–जलचर, थलचर, किटपतङ्ग, बनस्पति र सम्पूर्ण अस्तित्वको रक्षा, दया, करुणा, शान्ति र मुक्तिमोक्षको सहज यात्रा तय हुनसकोस, ती सबैको चेत खुलोस र बोधि मार्ग दर्शन मैत्री धर्ममा लाम बद्ध भएर सत्य धर्म मार्ग दर्शनमा लाग्न सकून करुणा निधान परमात्मा गुरुज्यू समक्ष यस महान अवशरमा अनन्त प्रार्थना गर्दछौं ।
समाचार

गुरुहरु प्रतिको अपार अदार सम्मान

सर्वज्ञ परम पूज्यणीय महा सम्बोधि धर्म संघ गुरुज्युको कोमल चरण कमलमा अनन्त सेवा ढोग गर्दछौं । मानवताको पहिलो रुप नै धर्म हो र यो भन्दा अन्य रुप हुन

विश्व मानव समुदायको लागी धर्म संघ गुरुज्युको अमृतमय महा वाणी २०७३ ।

सर्वज्ञ परम पूज्यणीय ‘महा सम्बोधि धर्म संघ’ गुरुज्युबाट मिति २०७३ चैत्र ८ गते लालितपूर जिल्ला, कार्यविनायक न. पा. वडा नः १३ चुनिखेल बुगलमा सम्पन्न भएक

विश्व शान्ति मैत्री पूजा महा दर्शन तथा अभिषेक

सर्वज्ञ परम पूज्यणीय “महा सम्बोधि धर्म संध” गुरुज्युको विश्व भ्रमण हुनु अगावै, नेपालमा हुने अति महत्वपूर्ण दुर्लभ “विश्व शान्ति मैत्री पूजा महा दर्शन”

Thanks! Your translation has been sent.
Error occured sending translation. Probably this translation has already been submitted.