धर्म संध
बोधि श्रवण गुरु संघाय
नमो मैत्री सर्व धर्म संघाय
महा मैत्री ‘मार्ग गुरु’, ‘गुरु मार्ग’ र ‘भगवान मार्गको’ अनुशरण गरी, विस्मृत भाव लिई आवागमन गर्ने समस्त संध मित्रता, धर्म प्रेमि अनुयायीहरुलाई मैत्री मंगल गर्दै, वर्तमान यस गुरु क्षणको स्मृति संगै, सन्तापित सर्व आत्माहरुले महा ‘मैत्री धर्मको’ मार्गमा तत्वको बोध गरुन् । धर्म मात्र एक तत्व हो, जसको धरातलमा टेकेर परमात्मासँग साक्षतकार हुने अवसर पाउँदछ । एवम् भाव रहित, दिशाहीन वाँयू समान भौतारी रहेका आत्माहरुले महा मैत्रीको मंगलनाथ श्रवण गरि यथासिध्र वन्धन मुक्त होउन् । प्याँसको अत्यान्तिक अनुरुप पानिको मोल रुप भए झैं दया, करुणा, अहिंसा, श्रद्धा, आस्था, भक्ति, विश्वास र मार्ग प्रतिको अटल मानव जीवनमा धर्मको मोल हुने गर्दछ । धर्ममा प्रवेश हुनु भनेको मुक्ति–मोक्षको मार्गमा लिन हुनु हो । जुन मार्ग मा मुक्ति र मोक्ष रुपि तत्व हुँदैन, सत्य धर्ममा त्यसलाई कहिल्यै पनि मार्ग भनि स्वीकार्न सकिदैन । एवम् धर्म खण्डित संस्कृतिमा नभएर आत्मा र परमात्मा विचको सेतु ‘मैत्री धर्म’ ज्ञानको परिपूर्णतामा अपलब्ध हुने गर्दछ । मनुष्यले मैत्री ज्ञानबाट टाढा रहि जस्तो सुकै अभ्यास गरे पनि सत्य तत्वको प्राप्ती असम्भव छ । क्षणिक संसारमा लाभ भएको देखिएता पनि अन्ततः सवै व्यर्थ ठहरिने छ । असंख्य प्राणीहरुको जीवन चक्र र आवागमन समस्त लोकहरुको व्यवस्था एवम् आत्मा र परमात्मा विचको अखण्डता हो । धर्म सूर्य उदाउँनु र अस्ताउँनु, आकाशमा जुन तारा चम्कनु, प्रकृतिमा फूल फुल्नु हो । धर्म अनन्त अधोर दुःखको स्वप्नबाट विउँझिएर वास्तविकतामा आफुलाई स–कुशल पाए झैं यस अनित्य संसारको क्षणभंगूरता बोध गर्नु हो । कुशल–विचार, वुद्धिमत्ता भएको मनुष्यले, धर्ममा के गुण छ वस्तु धर्मले के गर्छ ? भनि प्रश्न गर्नु भन्दा, संसारिक वस्तुको वासना र वन्धनहरुले मनुष्य आफूलाई के दिएको छ भन्ने प्रश्नको खोज किन गर्दैन ? मनुष्य आफुले अनुसरण गरेको मार्गले मुक्ति र मोक्ष रुपी तत्व समेटेको छ वा छैन भन्ने विषय मनुष्यको आफ्नो नितान्त व्यक्तिगत अन्तर खोज हो । गुरुले धर्म पूरा गर्छ । लोकलाई मार्ग दिएर तर मार्गमा यात्रा मनुष्य स्वयम्ले गर्नु पर्दछ । गुरुबाट मार्ग दर्शन भई रहदा मार्गमा यात्रा गर्ने आत्माहरुले संञ्चित गरेको पुण्य र अन्य कर्म अनुरुप पाउनु पर्ने तत्व र भोग्नु पर्ने सत्य सुनिश्चित हुने गर्दछ ।
मार्गमा विभिद दुमाफहरु आउनु स्वभाविक भएता पनि तात्विक विषय गुरु मार्ग प्रतिको श्रद्धा र विश्वास हो । होस, रहि रहोस, धर्म तत्वको अनमोल रत्नहरुले भरिपूर्ण यस महा मैत्री मार्ग सर्वज्ञानको महा बोधले पूर्णता छ । तथापि मनुष्यहरुले रित्तो शब्दको भन्डारण गर्नु पुर्व आफ्नो जीवनमा प्रयोग वा गुरु मार्गको अनुसरण गरे सिध्र्र नै मार्ग तत्वको बोध हुँनेछ । धर्तिमा टेकेर आकाशको आसनमा अडिनु । मनुष्य चोलामा रहेर पनि मैत्री धर्मको बोध संगै परमात्माको विराट स्वरुपको दर्शन पाउनु । आफु लगायत समस्त लोकको रहस्य बोध हुनु । चित्तको असंख्य भव सागरबाट पानी सरह वास्विभुत भई खुल्ला आकाशमा मुक्त हुनु हो । सर्व धर्म वा गुरु ज्ञान भन्दा उच्च ज्ञान–गुणका तत्वहरुलाई प्रदान गरि विश्वभर पूर्वी भ्रमित लोप गराउने योग्यतालाइ नै ‘मैत्री धर्म’ भनेको हो । तदनुसार सर्व धर्मको पूर्वी अस्तित्व ‘मैत्री धर्मको’ मार्गमा नै ससीम हुन्छ । ‘मैत्री धर्म’ मार्गमा मनुष्यले जीवनको अन्तिम क्षणसम्म धर्मको सत्य अभ्यास गरे मात्र धर्म लाभ गर्दछ । यस मैत्री सन्देशका साथ सम्पूर्ण विश्व मानव भित्रको क्लेशलाई मुक्त गर्न मैत्रीय ११ वटा शिलहरु दिइ रहेको छु ।
1. नाम, रूप, जाति, धर्म, वर्ण, वर्ग, लिङ्ग, आस्था, समुदाय, राष्ट्र, शक्ति, पद, योग्यता आदिको अधारमा भेदभाव कहिल्यै नगर्नु तथा भौतिक, आध्यात्मिक भन्ने मतभेदहरू त्याग्नु ।
2. शाश्वत धर्म मार्ग र गुरूको पहिचान गरि, सर्व धर्म र आस्थाको सम्मान गर्नु ।
3. असत्य, आरोप, प्रत्यारोप अवमूल्यन तथा अस्तित्वहिन वचन गरेर भ्रम फैलाउन त्याग्नु ।
4. भेदभाव तथा मतभेदको सिमाङ्कन गर्ने दर्शन वा बाटोलाई त्यागी सत्य मार्ग अपनाउनु ।
5. जीवन रहुन्जेल सत्य गुरू मार्गको अनुशरण गर्दै, पाप कर्महरू त्यागी, गुरू तत्वको समागममा सदा लीन रहनु ।
6. आफुले प्राप्ती नगरेको तत्वलाई शब्दजालको व्याख्याले सिद्ध गर्न नखोज्नु तथा भ्रममा रहेर अरुलाई भ्रमित नपार्नु ।
7. प्राणी हत्या, हिंसा जस्ता दानविय आचरण त्यागी शुद्ध आहार गर्नु ।
8. राष्ट्रिय पहिचानको आधारमा मानिस वा राष्ट्रप्रतिको संकिर्ण सोच नराख्नु ।
9. सत्य गुरू मार्गको अनुशरण गर्दै, आफु लगायत विश्वलाई लाभान्वित हुने कर्म गर्नु ।
10. सत्यलाई उपलब्ध भइ गुरू मार्ग रूप लिइ, समस्त जगत प्राणीको निमित्त तत्व प्राप्त गर्नु ।
11. चित्तको उच्चतम र गहनतम अवस्थामा रहेर अनेकौं शिलहरूको आत्मा बोध गरि सम्पूर्ण बन्धनबाट मुक्त हुनु ।
यो मैत्रीय ११ वटा शिलहरु संगै सबै संघहरुले आत्मा साथ गरि आफू लगायत समस्त प्राणीहरुको उद्धार गर्नु । यस सत्य मार्ग ज्ञानलाई साराले बोध गरुन् । संसारिक वस्तु नाम, यश, कीर्तिको पछि अहङ्कार वस नरुमलिएर मनुष्यले सदा आत्मामा मैत्री भाव राख्दै, परमात्माको स्मृतिमा तटस्थ रहि रहनु हो । लोकमा सत्य धर्मलाई पुनः अधिष्ठान गर्न यूगौंको अन्तरालमा गुरु मार्गको अवतरण भएको छ । यस स्वर्णिम क्षणको बोध सर्व प्राणी एवम् वनस्पतिले गरे झैं मनुष्यले पनि क्लेश रहित हुँदै, यस महा मैत्री मार्गमा यथासिध्र धर्म लाभ गरुन् ।
सर्व मैत्री मंगलम अस्तु तथास्तु ।।